PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

प्रधानमन्त्री कप महिला क्रिकेट : वर्षाका कारण मैदानमा पानी जमेपछि सुदूरपश्चिम नखेली फाइनलमा



पहिलोपोस्ट

प्रधानमन्त्री कप महिला क्रिकेट : वर्षाका कारण मैदानमा पानी जमेपछि सुदूरपश्चिम नखेली फाइनलमा

महेन्द्रनगर : प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल रद्ध भएको छ।

महेन्द्रनगरस्थित खुला मैदान मंगलबार हुने तय भएको सुदुरपश्चिम प्रदेश र प्रदेश २ बीचको पहिलो सेमिफाइनल खेल रद्द भएको हो। वर्षाको कारण भिजेको मैदान नसुक्दा खेल हुन नसकेको हो।

हिलाम्मे मैदानको कारण खेल रद्द भएसंगै सुदुरपश्चिम प्रदेश फाइनलमा पुगेको छ।

सुदुरपश्चिम समूह विजेताको हैसियतमा फाइनल पुगेको हो। सुदुरपश्चिम समूह 'ए' को शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको थियो भने प्रदेश २ समूह्य बी को उपविजेता बनेको थियो।

प्रतियोगिताको नियम अनुसार समूहमा विजेता बन्ने टोली फाइनल पुग्ने थियो।

राखेको आयोजना र महाकाली स्पोर्ट्स सोसाइटीको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउने छन्। यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५/१५ हजार पाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell