PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

एसीसी यू -१९ इस्टर्न रिजन क्रिकेट : नेपाल आगामी आइतबार मलेसिया जाने, टिममा नयाँ खेलाडी पर्ने सम्भावना



पहिलोपोस्ट

एसीसी यू -१९ इस्टर्न रिजन क्रिकेट : नेपाल आगामी आइतबार मलेसिया जाने, टिममा नयाँ खेलाडी पर्ने सम्भावना

काठमाडौं : मलेसियामा जुलाई पहिलो साता हुने एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटमा प्रतिस्पर्धा गर्नको लागि नेपाल आगामी आइतवार मलेसिया जाने भएको छ।

हाल कीर्तिपुरस्थित टीयू मैदान प्रशिक्षण गरिरहेको नेपाली युवा टोली वैदेशिक प्रशिक्षणबिनै मलेसिया जान लागेको हो।

नेपालले भारतमा गएर प्रशिक्षण गर्ने योजना बनाए पनि आइसीसी र एसीसीबाट स्वीकृति नपाएपछि नेपाल घरेलु मैदानमै अभ्यास गरेर प्रतियोगिता खेल्न जान लागेको हो।

नेपालले आगामी शनिबार(जुन २९) कीर्तिपुरमै अभ्यास गर्नेछ। जुन ३० मा मलेसिया प्रस्थान गर्नेछ।

प्रतियोगिता जुलाई २ देखि ९ सम्म मलेसियामा चार मैदान हुनेछ।

नेपाल रहेको समूह ए मा म्यानमार, सिंगापुर र चीन छन्। यस्तै समूह बी मा मलेसिया, हङकङ, भुटान र थाइल्याण्ड छन्। यस प्रतियोगिताको विजेता टिम एसीसी यू-१९ एसिया कपमा छनोट हुनेछ।

राष्ट्रिय टिमका नियमित सदस्य तथा वर्ल्ड रेकर्ड होल्डर रोहितकुमार पौडेलको कप्तानीमा रहने नेपाली टोलीमा यसपटक केही नयाँ खेलाडीले पनि स्थान बनाउन सम्भावना बढी छ। सिनियर राष्ट्रिय टिममा रहेका चार खेलाडी यू-१९ मा रहेको र जुनियर खेलाडीहरुलाई पनि तयार गर्नको लागि भन्दै केही नयाँ अनुहारलाई प्रशिक्षक  विनोद दासले टिममा स्थान दिन लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell