PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

विश्वकप क्रिकेट : कोहलीको कीर्तिमान, पाँचौ जितपछि भारत सेमिफाइनल नजिक, वेष्ट इन्डिज बाहिरियो



पहिलोपोस्ट

विश्वकप क्रिकेट : कोहलीको कीर्तिमान, पाँचौ जितपछि भारत सेमिफाइनल नजिक, वेष्ट इन्डिज बाहिरियो

आइसीसी विश्वकप क्रिकेट २०१९ मा भारतले अपराजित यात्रा कायम राख्दै पाँचौ जित हात पारेको छ। कप्तान विराट कोहली र महेन्द्र सिंह धोनीको अर्धशतक अनी बलरहरुको उत्तकृष्ट प्रदर्शनमा बिहीवार भारतले वेष्ट इन्डिजलाई १२५ रनले पराजित गरेको हो।

६ खेलमा अपराजित रहँदै ११ अंक जोडेको भारत अंक तालिकामा दोस्रो स्थानमा उक्लँदै सेमिफाइनल नजिक पुगेको छ। १२औं संस्करणको विश्वकपमा भारत मात्र अपराजित एक्लो टिम हो। भारतले अब बाँकी ३ मध्ये १ खेल मात्र जितेपनि सेमिफाइनलमा स्थान पक्का गर्नेछ। भारतले ५ खेल जित्दा एक खेल भने वर्षाले प्रभावित भएपछि अंक बाँडेको थियो।  भारत शीर्ष स्थानमा रहेको अष्ट्रेलिया भन्दा १ अंकले पछि रहँदा समान ११ अंक रहेको न्यूजिल्याण्डलाई रनरेटमा पछि पारेको हो।


उता ७ खेलमा ५ खेल हारेको वेष्ट इन्डिज विश्वकपबाट बाहिरिने तेस्रो टिम बनेको छ। यसअघि नै अफगानिस्तान र दक्षिण अफ्रिका बाहिरिसकेका छन्।

भारतले दिएको २६९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज ३४.२ ओभर खेल्दै १४३ रनमै अलआउट भयो।

वेष्ट इन्डिजका लागि सुनिल अम्ब्रिसले सर्वाधिक ३१ रन बनाए भने निकोलस पुरनले २८, शिमरोन हेतमारले १८ र शेल्डन कट्रेलले १० रन बनाए। केमर रोच १४ रनमा नटआउट रहे। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

वेष्ट इन्डिजलाई अलआउट गर्न मोहम्मद शामीले ४ विकेट लिए। उनले ६.२ ओभरमा जम्मा १६ रन खर्चिए। यस्तै जसप्रित बुमराहले ६ ओभरमा १ मेडन राख्दै ९ रन खर्चेर २ विकेट लिए। युजभेन्द्र चाहलले पनि २ विकेट लिए।

त्यसअघि म्यानचेष्टरमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६८ रन बनाएको थियो। कप्तान विराट कोहलीले सचिन तेन्दुलकर र ब्रायान लारा जस्ता खेलाडीको कीर्तिमान तोड्दै भारतका लागि सर्वाधिक ७२ रन बनाए।

कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २० हजार रन पूरा गर्ने खेलाडी बनेका हुन्। उनले वेष्ट इन्डिज विरुद्ध ३७ रन प्रहार गरेपछि सचिन र लाराको कीर्तिमान उछिन्दै २० हजार रन पूरा गरेका हुन्।

विराटले ४१७ इनिङ्समा यो कीर्तिमान बनाएका हुन्। यअसघि सचिन र लाराले यसका लागि ४५३ इनिङ्स खेलेका थिए।

विराटले वेष्ट इन्डिज विरुद्ध ८२ बल खेल्दै ८ चौका प्रहार गरे। यस्तै धोनीले ६१ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा नटआउट ५६ रन जोडे। लोकेश राहुलले ४८ हार्दिक पाण्ड्याले ४६ रन बनाए। वेष्ट इन्डिजका केमर रोचले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। यस्तै कप्तान ज्यासन होल्डरले १० ओभरमा २ मेडन राख्दै ३३ रन खर्चेर २ विकेट लिए। शेल्डन कट्रेलले पनि २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell