PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अरु टिम भन्दा उच्च वरीयतामा भएकोले प्रेसर हामीमा छ : पारस खड्का



पहिलोपोस्ट

अरु टिम भन्दा उच्च वरीयतामा भएकोले प्रेसर हामीमा छ : पारस खड्का

काठमाडौं :  नेपालले सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टी २० वर्ल्ड कप खेल्नको लागि रहेको दोस्रो चरणको खुड्किलो एसिया रिजन फाइनल क्वालिफायर जुलाई अन्तिम साता खेल्दैछ।

सिंगापुरमा हुने उक्त क्वालिफायरमा नेपालसहित एसियाका ५ राष्ट्रले राउण्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गर्दैछन्। एसियन रिजनको यसअघि भएको क्वालिफायरमा ग्रुप बी को विजेता बन्दै नेपाल एसिया फाइनलको लागि क्वालिफाई भएको हो।

यस फाइनल क्वालिफायरबाट एक टिम युएईमा अक्टोबर-नोभेम्बरमा हुने ग्लोबल क्वालिफायरको लागि छनोट हुनेछ।

टी २० विश्वकपमा पुग्ने अन्तिम ढोकाको रुपमा रहेको ग्लोबल क्वालिफायर पुग्न नेपालले पनि एसियन क्वालिफायर जित्नुपर्नेछ। त्यसका लागि नेपाली टोलीले घरेलु मैदानमा तयारी सुरु गरिसकेको छ।

पहिलो पटक नेपालको हेड कोच बनेका उमेश पटवालको पहलमा यस पटक नेपालको अन्तिम टोली पनि चाँडै घोषणा भएको छ।  पारस खड्काको कप्तानीमा घोषणा भएको १४ सदस्यीय टोलीमा शरद भेषावकरले पुनरागमन गर्दा आरिफ शेख बाहिरिएका छन्। यस्तै यू-१९ टिमका कप्तान रोहित पौडेल पनि टिममा छन्।

नेपालले सिंगापुर जानुअघि मलेसियामा १० दिनको तयारी गर्नेछ र त्यहाँ मलेसियासँग २ टी २० आई म्याच खेल्नेछ। नेपाल जुलाई ९ मा मलेसिया जानेछ र त्यहाँ जुलाई १३ र १४ मा टी २० खेल हुनेछ। त्यसपछि थप तयारी गर्दै नेपाल जुलाई २० मा सिंगापुर जानेछ।

नेपालले पहिलो खेलमा जुलाई २३ मा कतारसँग खेल्नेछ।

खेलाडी छनोट, नेपालको तयारी, मलेसियासँगको दुई खेल, नयाँ कोच र सिंगापुरमा हुने टी २० क्वालिफायरका बारेमा कप्तान पारस खड्काले आइतवार राखेको विचारको सम्पादित अंश:

हाम्रो तयारी राम्रो भइरहेको छ। सबैजना रेगुलर क्रिकेट खेलिरहेका छन्। प्रधाननमन्त्री कप एउटा ५० ओभरको थियो। त्यसअघि सबैले टी २० खेलिरहेका थिए।

यो क्याम्प हेर्ने हो भने नयाँ कोचलाई पनि नयाँ चुनौती थियो। तर उनी नेपाली टिम सँग परिचित नै छन् को खेलाडी कस्तो छ भनेर।

पछिल्लो ६ महिना देखि १ वर्षसम्म जे भयो हामी बेस्ट १४ तयार पार्न प्रयास खोजिरहेका छौँ।

अनफर्चुनेटली टिम सेलेक्सन हुँदा खेरी कोह राम्रो प्लेअर होला कोही नराम्रो होला। त्यो भइरहन्छ।

तर मेरो विचारमा एज ए टिम हामी पुरै टोली खेल्नको लागि तयार छौं। तयारी हेर्ने हो भने सबै जना खेल्नको लागि आतुर छन्।

आगामी ३ वर्ष नेपाली क्रिकेटको लागि धेरै हुन बाँकी छ। अहिलेको लागि हामी विस्तारै टिम बिल्ड गर्दै छौँ। कोही प्लेअर हामीले ५० ओभरको लागि स्पेशियल्ली भनेर टार्गेट गरिरहेका छौँ भने कोही टी २० का लागि भनेर छानिएको छ।

त्यही कारणले गर्दा हामीले १४ प्लस ४ खेलाडी छनोट गरेका छौँ। कोचका अनुसार चाँही टोली पहिल्यै घोषणा भएपछि एउटा प्रोपर योजना बनाएर अगाडि बढ्न सकिन्छ। जुन १४ प्लस ४ को टोली छ त्यो बाहेक रिजर्भ प्लेअर पनि टिममा सँगै रहन्छन्। केही अरु प्लेअरलाई पनि हामी क्याम्पमै राख्छौँ।

हामी यस प्रतियोगिता (टी२० क्वालिफायर) को लागि तयार छौँ। यो प्रतियोगिता एकदमै महत्वपूर्ण छ। यस प्रतियोगिताको विजेता टिम वर्ल्ड कपको लागि मुख्य क्वालिफायरमा प्रवेश गर्नेछ।

प्रेसर हामीलाई छ किनकी अरु टिमको तुलनामा नेपाल उच्च वरीयतामा छ। तर हामी कुनै पनि कुरालाई सहजै लिन्नम। हामी त्यहाँ गएर राम्रो खेल्नुपर्छ।

नेपाली टिमसँग अपेक्षा धेरै छ। त्यसलै गर्दा एज ए कप्तान म मा पनि रेस्पोन्सबिलिटी छ। टिमलाई सहयोग गर्ने र टिमलाई यो हर्डलबाट पार गर्न।

त्यसपछि मात्र हामीले वर्ल्ड कपको सपना छ, त्यो देख्न सक्छौँ। अहिलेको लागि चाँही त्यो अली टाढा छ।

अहिले यही टुर्नामेन्टमा कन्सनट्रेट हुन आवश्यक छ। तयारीमा हामी खुशी छौं।

हामी फरक अप्सन हेरिरहेका छौं। शरदले चोटका कारण केही टुर्नामेन्ट गुमाए। शरद अनुभवी खेलाडी हुन्। हामी नयाँ सेटअफमा छौं। रोल भनेको तपाईलाई कुन पोजिसनमा ब्याटिङ गर्न दिइन्छ। त्यसलाई पूरा गर्नु हो। हामी व्यक्तिगत रुपमा भन्दा टिम टिमको रुपमा प्रदर्शन गर्नु।

'एज ए टिम' हामी प्रदर्शन गर्नेछौँ। हामी टिमको रुपमा जित्नेछौँ र रेस्पोन्सिबिलिटी पनि टिमको रुपमा लिने छौँ।

ओपनिङको विषयमा हामीसँग धेरै अप्सन छ। चार वटा म्याच छ। हामी एक पटकमा एक खेल हेर्छौँ। नतिजा मुख्य कुरा हो। ओपनिङको रुपमा जहिल्यै कुरा भइरहन्छ ५० ओभर र टी २० मा।

महत्वपूर्ण भनेको टिमले कसरी परफरमेन्स गर्छ त्यो महत्वपूर्ण कुरा हो, पहिल्यै देखि भन्दै आछु। ओपनिङ आफैँमा सजिलो काम होइन। तर टी २० फर्म्याटमा यो अवसर हो। जसले पनि अवसर पाउँछ उसले गएर आफूलाई प्रमाणित गर्ने हो।

हामीसंग सन्तुलित टिम हो। हामीसंग धेरै अप्सन पनि छन्। नेपाली क्रिकेटमा विगतको दुई वर्षमा हेर्ने हो भने हामीसँग लिमिटेड अप्सन थियो। अहिले धेरै राम्रा खेलाडीहरु छन्। धेरै युवा खेलाडीहरु छन् टिममा पर्न पुस गरिरहेका छन्। हामीसँग क्वालिफायरअघि २० दिन छ।

मलेसियामा पनि हामी दुई वटा टी २० खेल्न गइरहेका छौँ। दुई टी २० आई खेल्दा कन्डिसनअनुसार सिंगापुर र मलेसिया एउटै भएकोले पनि हामीलाई त्यसले अभ्यस्त हुन्छ।

'मोस्ट इम्पोर्ट्यान्ट थिङ इज इन द इन्ड, इन्ड रिजल्ट इज ह्वाट म्याटर्स। '

'एज ए टिम वि आर एक्साइटेड विथ ह्वाट लाइज अहेड'। वर्ल्ड कप खेल्ने अपर्चुटिनी छ हामीसँग र त्यसको सुरुवात यो प्रतियोगिताबाटै नै हुनेछ। यस पछि हामी रेगुलर क्रिकेट खेलिरहन्छौँ।

नयाँ कोच भएपछि उहा उनी हामीसँग अभ्यस्त छन्। उनी पहिल्यै देखि टिमसँगै छन्। यसअघि नेपालले सिरिज जित्दा पनि राम्रो काम गरेका छन्। ब्याटिङ कमन्सलट्यान्टको रुपमा काम गरिसकेका छन्। हेड कोच भएपछि उहाँको रेस्पोन्सबिद्यिटी पनि बढेको र टिममाथि पूर्ण रुपमा कन्ट्रोल पनि छ। हामी सबै उहाँसंग काम गर्न आतुर छौँ।

हामीले लास्ट इन्टरनेशनल सिरिज जितेपछि विश्वभर नै एउटा 'बज' क्रिएट भाथ्यो। नेपालले अब के गर्ने हो कसो गर्ने भनेर। त्यसलाई माइन्डमा राखेर हामी नयाँ, कोच नयाँ वातारवरणमा धेरै खुशी छौँ।

 

मलेसियासँग खेलुनको अप्सन भएन

हामीसँग अरु अप्सन नै थिएन। पछिल्लो ४-५ महिनामा हामीले हामीले ओडिआई टिमसंग खेल्ने प्रयास गर्‍यौँ। कुनै पनि टिम उपलब्ध नभएको भएर मलेसियामा हाम्रो एक मात्र र अन्तिम अप्सन भएको हो।

विपक्षीलाई हेरेर भन्दा पनि हामीले आफूले के गर्ने भनेर हेर्न हो। मलेसिया हामी भन्दा वरीयतामा तल भएपनि त्यसले कसले जित्छ भने निर्णय गर्नैन।

टी २० फर्म्याट यस्तो छ कि पर्टिकुलर दिनमा जुनसुकै टिमले जुनसुकै टिमलाई हराउन सक्छ।

हामी मलेसियासंग दुई म्याच खेल्छौँ र यसले सिंगापुरको कन्डिसनमा खेल्न सहयोग गर्छ।

हामी मलेसियामा १० दिन रहन्छौँ। त्यहाँको तयारी पनि हाम्रो लागि महत्वपूर्ण हुन्छ। अपोनेन्ट भन्दा पनि हामी के मा फोकस हुने भन्ने विषयलाई प्राओरिटीमा राखेर अगाडि बढिरहेका छौं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell