PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

अफ्रिकन कप : सेनेगल र आइभरी कोष्ट प्रिक्वाटरफाइनलमा



पहिलोपोस्ट

अफ्रिकन कप :  सेनेगल र आइभरी कोष्ट प्रिक्वाटरफाइनलमा

अल्जेरिया, सेनेगल, मोरोक्को र आइभरीकोष्ट इजिप्टमा भइरहेको अफ्रिकन कप अफ नेशन्सको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। चार वटै टोलीले समूह चरणको अन्तिम खेलमा जित हात पारेका हुन्। अन्तिम खेल जितेपछि अल्जेरिया समूह सी को विजेता र मोरोक्को समूह डी को विजेता बनेको हो।

तान्जानियालाई ३-० ले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको अल्जेरिया समूह सी को विजेता बनेको हो। यसै समूहमा केन्यालाई ३-० ले नै हराएको सेनेगल समूह उपविजेता बन्यो। अल्जेरियाले ९ र सेनेगलले ६ अंक जोड्यो।

यस्तै समूह डी मोरोक्कोले दक्षिण अफ्रिकालाई १-० ले पराजित गर्दै ९ अंक जोड्यो। समूहमा अपराजित रहँदै मोरोक्को समूह विजेता बनेको हो।

यस्तै नामिबियालाई ४-१ ले पराजित गर्दै ६ अंक जोडेको आइभरीकोष्ट समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell