PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सुगम पोखरेलको 'कसरी सम्झाउँ' रिलिज



पहिलोपोस्ट

सुगम पोखरेलको 'कसरी सम्झाउँ' रिलिज

गायक सुगम पोखरेलको नयाँ गीत रिलिज भएको छ। एल्बम 'श्वेत हंशिनी'मा समावेश 'कसरी सम्झाउँ' बोलको गीत युट्युब रिलिज गरिएको हो।

विवाह को १७ औं वर्षगाँठको उपहार भन्दै सुगमले सामाजिक सञ्जालमा गीत रिलिजबारे जानकारी दिएका हुन्। गीतमा शब्द, संगीत तथा स्वर सुगमकै रहेको छ। जसमा संगीत संयोजन शैलेन्द्र प्रधानको रहेको छ।

गीतको भिडियोमा अमेरिकाको सांगीतिक टुरमा खिचिएका दृश्यहरु समावेश गरेका छन्। भिडियो छायाँकन सरोवर कसजुले गरेका छन् भने दृश्य सम्पादन सुप्रिम पराजुलीको रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell