PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुन तस्करीको नयाँ शैली : कतारबाट फर्केका बस्नेतको साथमा रहेको 'डाइपर'मा भेटियो सुन



सविन ढकाल

सुन तस्करीको नयाँ शैली : कतारबाट फर्केका बस्नेतको साथमा रहेको 'डाइपर'मा भेटियो सुन

काठमाडौं: कतारबाट फर्किएका एकजनालाई प्रहरीले अवैध सुनसहित पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले लीलाबहादुर बस्नेतलाई पक्राउ गरेको हो।

परिसरका डिएसपी होबिन्द्री बोगटीले कतारबाट फर्किएका थापा पक्राउ परेको पुष्टि गरे।

उनको साथमा बच्चाले लगाउन २५ भन्दा बढी डाइपर भेटिएको र ती डाइपरमा सुन भेटिएको प्रहरीले जनाएको छ।

तीन वर्ष कतारमा काम गरेर फर्केको थापाको साथमा भेटिएको डाइपर यतिबेला प्रहरीले खोलिरहेको छ।

सुनको मात्र सबै डाइपर खोलिसकेपछि थाह हुने प्रहरीले जनाएको छ।

राम थापा भन्ने व्यक्तिले स्याम्पोसहित आफुलाई ती डाइपर पठाएको र एअरपोर्टमा मान्छे लिन आउँछन् भनेको बस्नेतले बयान दिएका छन्। यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यसअघि सुन तस्करहरुले मलद्वार, पेटीलगायतमा राखेर अवैध सुन भित्र्याउँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell