PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बङ्गलादेशमा 'द स्मल हेवेन', गरियो नेपालको फोटो प्रदर्शन



पहिलोपोस्ट

बङ्गलादेशको चितागोङमा आइतबार नेपालको फोटोहरु प्रदर्शन गरियो। 'द स्मल हेवेन' नाम दिइएको उक्त प्रदर्शनीमा नेपालका धार्मिक, ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक सम्पदा एवम् सहासिक पर्यटन सम्बन्धी फोटोहरुको प्रदर्शनीमा गरिएका हुन्।

नेपालको पर्यटन प्रचार तथा प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गरेको कार्यक्रम संयोजक विष्णु कान्त घिमिरेले जानकारी दिए।

प्रदर्शनी बन्दिपुर युनेस्को क्लबले रोट्र्याक्ट क्लब अफ इस्लामाबाद चितगोङसँगको सहकार्यमा प्रर्दशनीको आयोजना गरेको हो। रोट्र्याक क्लब अफ इस्लामाबाद चितगोङको २५ औं वर्षगाँठको अवसरमा आयोजिक एक दिवसीय प्रदर्शनी चितागोङ प्रेस क्लबमा भएको हो।

फोटोहरु करिव हजारजनाले अवलोकन गरेको घिमिरेको दावी छ।

प्रदर्शनीमा सन् २०२० मार्चमा नेपालमा आयोजना हुने 'एडभेन्चर नेपाल २०२०'को समेत घोषणा भयो। सन् २०१३ देखि बङ्गलादेशका विभिन्न संघ संस्थासँगको सहकार्यमा बन्दिपुर युनेस्को क्लबले हरेक वर्ष नेपालको पर्यटन प्रवर्द्धन गर्न एडभेन्चर क्याम्प र सांस्कृतिक आदनप्रदानका कार्यक्रमहरु गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell