PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

१५ मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक फेरि बस्न सकेन, अर्को बैठक बुधवार



पहिलोपोस्ट

१५ मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक फेरि बस्न सकेन, अर्को बैठक बुधवार

काठमाडौं : १५ मिनेटका लागि स्थगित भएको मंगलबार बसेको प्रतिनिधिसभाको बैठक पुन: बस्न नसकेर भोलि बुधवारसम्मको लागि स्थगित भएको छ।

सर्लाहीमा नेकपा विप्लवका कार्यकर्ता कुमार पौडेल मारिएका घटनाको अनुसन्धानको लागि संसदीय छानबीन समिति बनाउनु पर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दलसहितले रोष्ट्रम घेरिएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

गत असार ५ गते सर्लाहीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका कार्यकर्ता कुमार पौडेलको प्रहरीको गोली लागी मृत्यु भएको थियो।

मंगलबारको बैठकमा प्रतिपक्षी सांसदहरुले पौडेलको प्रहरी भिडन्तमा मृत्यु नभएको बरु प्रहरीले गैरन्यायिक हत्या गरेको भन्दै प्रश्न उठाएका थिए। त्यसको जवाफ दिने क्रममा गृहमन्त्रीले दिएको जवाफ चित्त नबुझेको र यो घटनामा संसदीय छानविन समिति बनाउनु परने भन्दै सांसदहरुले रोष्ट्रम घेराउ गरेका थिए।

रोष्ट्रम घेराउ पछि सभामुखले १५ मिनेटका लागि संसदको बैठक स्थगित गरेका थिए। तर १५ मिनेटपछि पनि बैठकमा अबरोध कायम रहेपछि सभामुखले विशेष कारण देखाउँदै बैठक भोलिसम्मका लागि स्थगित गरेका हुन्।

सम्बन्धित समाचारभाँचिएको हातले कसरी गोली चलायो? कुमार पौडेलको 'इन्काउन्टर'लाई लिएर सांसदको प्रश्न, 'गृह मन्त्रीको जवाफ गैरजिम्मेवार'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell