PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान, एक प्रहरीसहित दुई जनाको मृत्यु 



सविन ढकाल

भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान, एक प्रहरीसहित दुई जनाको मृत्यु 

काठमाडौँः भोजपुरमा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच भीडन्त भएको छ। भीडन्तमा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ। 

भोजपुर बजारको बसपार्कमा गोली हानाहान भएको हो।

मृत्यु हुनेमा प्रहरी जवान सञ्जीवकुमार राई रहेका छन्। यस्तै विप्लव समूहका नीरकुमार राईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिए।

‘प्रहरीलाई विप्लव समूह आएको सूचना थाहा थियो। फलो गर्ने क्रममा प्रहरीसँग जम्काभेट हुँदा उनीहरुले फायर खोलेपछि जवाफी फायरिङमा दुई पक्षतिर नै मानवीय क्षति भएको हो' एसपी थापाले भने। 

नीरकुमार यसअघि  ओखलढुङ्गाका इञ्चार्ज थिए। अहिले उनको जिम्मेवारी खुलेको छैन। 

घटनाबारे थप विवरण आउन बाँकी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell