PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फ्राइडे रिलिजमा नेपाली फिल्म ‘सानो मन’ र बलिउड फिल्म ‘सुपर ३०’



पहिलोपोस्ट

फ्राइडे रिलिजमा नेपाली फिल्म ‘सानो मन’ र बलिउड फिल्म ‘सुपर ३०’

काठमाडौँः फ्राइडे रिलिज अन्तर्गत दुई वटा फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म ‘सानो मन’ र बलिउड फिल्म ‘सुपर ३०’ प्रदर्शनमा आएका हुन्।

सुयोग गुरुङ निर्देशित फिल्म ‘सानो मन’ मा नायक आयुषमान देशराज जोशी र नायिका शिल्पा मास्केको मुख्य भूमिका रहेको छ। फिल्ममा आयुषमान र शिल्पासँगै गौरी मल्ल, विशाल पहरी, रश्मि भट्ट, शिशिर बंदेल, प्रकाश श्रेष्ठ लगायतले अभिनय गरेका छन्। योगेश गुरुङ, राजीव श्रेष्ठ, राजेन्द्र मानन्धर र रमेश के मितलको संयुक्त निर्माण रहेको यस फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।

त्यस्तै बलिउड फिल्म ‘सुपर ३०’ पनि आजबाटै प्रदर्शनमा आएको छ। फिल्म विकास बहलले निर्देशन गरेका हुन्। सुपर ३० मा ऋतिक रोशन र मरुनल ठाकुरको मुख्य भूमिका रहेको छ। यस्तै पंकज त्रिपाठी र ननदिश सिंहले पनि अभिनय गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell