PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

टी २० अन्तर्राष्ट्रियमा कप्तान पारसको दोस्रो अर्धशतक



पहिलोपोस्ट

टी २० अन्तर्राष्ट्रियमा कप्तान पारसको दोस्रो अर्धशतक

काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक प्रहार गरेका छन्।

मलेसिया विरुद्ध भइरहेको पहिलो टी २० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गरेपछि पारस दुई अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बने। उनले यसअघि सन् २०१५ मा नेदरल्याण्ड्स विरुद्ध पहिलो अर्धशतक प्रहार गर्ने क्रममा ५४ रन बनाएका थिए।

पारसले १४औं ओभरको पहिलो बलमा पवनदिप सिंहलाई छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका थिए।

यस्तै पारस नेपालको लागि टी २० अन्तर्राष्ट्रियमा उच्च स्कोर बनाउने खेलाडी समेत बनेका छन्।

किनरारा ओभल मैदानमा ओपनिङ गरेका पारसले १५ ओभरको खेल सकिँदासम्म खेलिरहेका छन्। उनले  ३७ बलमा ६२ रन बनाएर खेलिरहेका छन्।

नेपालको लागि टी २० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक सुवास खकुरेलले प्रहार गरेका थिए। यस बाहेक गत माघमा सन्दिप जोरा युएई विरुद्ध अर्धशतक प्रहार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell