PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मलेसियामा मोटरसाइकल दुर्घटनामा दुई नेपालीको मृत्यु



पहिलोपोस्ट

मलेसियामा मोटरसाइकल दुर्घटनामा दुई नेपालीको मृत्यु

कञ्चनपुरः सडक दुर्घटनामा परेर मलेसियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका -२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ।

शुक्रबार मलेसियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै मृत्यु भएको खबर पाइएको वडाध्यक्ष शिवराज पनेरुले बताए।

आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै नुवाकोट घर भई सोही कम्पनीमा कार्यरत शिव दाहालको समेत मृत्यु भएको बताइएको छ। शव नेपाल ल्याउनका लागि पहल भइरहेको वडाध्यक्ष पनेरुले बताए। रासस  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell