PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बाढी र पहिरोको कारण देशका विभिन्न सडक अबरुद्धः कुन कुन सडक बन्द छन्?



पहिलोपोस्ट

बाढी र पहिरोको कारण देशका विभिन्न सडक अबरुद्धः कुन कुन सडक बन्द छन्?

काठमाडौँः निरन्तरको अविरल वर्षाका कारण देशका विभिन्न भागमा राजमार्गहरु अवरुद्ध भएका छन्। वीपी राजमार्ग, बुटवल पाल्पा सडक खण्डसँगै भोजपुर धरान जाने बाटो बन्द भएको छ। बाटो बन्दहुँदा यात्रुहरु अलपत्र परेका छन्।

मुस्ताङ थासाङ गाउँपालिका ४ घोप्टेभिरमा कालीगण्डकी नदीको पानीको बहाव बढेपछि बेनी जोमसोङ जाने सडक अवरोध भएको छ। त्यस्तै मनाङ नासो गाउँपालिका १ म्यादीखोलामा पानीको बहाव बढी बेसिसहर मनाङ सडक पनि खुल्न सकेको छैन। उदयपुरको घुर्मी कटारी सडक खण्डको भदौरे खोलामा बाढीको कारण सडक बन्द हुँदा यात्रु अलपत्र परेका छन्।

कुन कुन सडक बन्द छन्?

उदयपुर साउनेबाट फोक्सिनटार जाने सडक अवरोध

ओखलढुंगा मानेभज्याङ गाउँपालिका ७ मा सिद्दिचरण राजमार्ग बाढीका कारण अवरोध छ।

ललितपुर भट्टेडाडा आग्राङ टुङगुन जाने शान्ति लोकपथ र हेटौडा जाने सडक खण्ड अवरोध

मकवानपुर ईन्द्रसरोवर गाउँपालिका ५ महालक्ष्मी खोला नजिक पहिरो आई फाखेल हुदै काठमाण्डौं आउने सडक खण्ड अवरोध छ।

मकवानपुर ईन्द्रसरोबर गाउँपालिका २ र ३ स्थित सिस्नेरी फर्पिङ जाने सडक खण्ड अवरोध।

रामेछाप मन्थली नगरपालिका सेलेघाट भन्ने स्थानमा पहिरो आएपछि मन्थलीबाट काठमाडौं आउने सडक खण्ड अवरोध।

भोजपुरको भोजपुर नगरपालिका १० स्थित गजुरमुखी भिरमा पहिरो गई भोजपुर धनकुटा सडक खण्ड अवरोध।

धनकुटा पाख्रिबास नगरपालिका ५ स्थित हिले भोजपुर सडक खण्ड पहिरो गइ अवरोध भएको छ।

रौतहट चन्द्रनिगाहपुरबाट गौर जाने सडक खण्ड अवरोध

महोत्तरी जनकपुरबाट जलेश्वर जाने सडकखण्ड अवरोध

पाल्पा तिनाउ गाउँपालिका ३ सिद्धबाबा नजिक पहिरो गएपछि सिदार्थ राजमार्ग अवरोध

कालिकोट सुभकालिका गाउँपालिकास्थित गगने खोलामा पहिरो खसेर सुर्खेत-कालिकोट-जुम्ला जोड्ने कर्णाली राजमार्ग अवरोध।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell