PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डोल्पाको पहिरोले ज्यान लिएपछि विपद् व्यवस्थापनमा चनाखो प्रदेश सरकार, यसरी हुँदैछ पूर्व तयारी



पी बी खड्का

डोल्पाको पहिरोले ज्यान लिएपछि विपद् व्यवस्थापनमा चनाखो प्रदेश सरकार, यसरी हुँदैछ पूर्व तयारी

सुर्खेत : विकट हिमाली जिल्ला डोल्पाको पहिरोमा परी दुई जनाले ज्यान गुमाउनुका साथै ९ जनाभन्दा बढी बेपत्ता भएपछि कर्णाली प्रदेश सरकार विपद व्यवस्थापनको पूर्व तयारीमा जुटेको छ।

प्रदेश सरकारका तर्फबाट विपद् उद्दार कार्यमा र विपद् व्यवस्थापनमा कमी आउन नदिन प्रदेश सरकार लागेको जनाउँदै यदि कहीँ कतै विपद् परिहाले उद्दार तथा अन्य सामाग्रीको अभाव भएमा तत्काल सरकारलाई खबर गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आग्रह गरेका छन्।

सोमवार कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक बसेर विपद् व्यवस्थापनको पूर्वतयारी गर्न मुख्यमन्त्री शाहीले निर्देशन दिएका छन्।

बैठकमा विपद् व्यवस्थापनमा कुनै कमी कमजोरी हुन नदिन सम्बन्धित निकायलाई एकीकृत रुपमा उद्दार तथा व्यवस्थापनमा कार्यमा लाग्न सुझाव दिएका छन्। कर्णाली प्रदेश उच्च जोखिममा रहेकाले पनि सम्बन्धित संयन्त्रहरुलाई तयारीमा रहन समेत आग्रह गरेका छन्।

मुख्यमन्त्री शाहीले उद्दार कार्यका लागि तीनवटै सुरक्षा निकायको टोलीलाई युनिफाइड कमाण्डमा परिचालन गरिएमा प्रभावकारी हुने भन्दै तयारी अवस्थामा रहन समेत आग्रह गरेका छन्। विपद् प्रभावितहरुका लागि तत्काल उद्दार, उपचार, आवास तथा खाद्यान्नको व्यवस्थाका लागि सबै निकाय एकीकृत रुपमा परिचालन हुनुपर्ने उनको भनाई छ।

कर्णाली प्रदेश भित्रका मुख्य राजमार्ग बाढी पहिरोका कारण अवरुद्ध हुने भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विशेष निर्देशन दिएका छन्। कर्णालीमा रहेका राप्ती लोकमार्ग, कर्णाली लोकमार्ग तथा जाजरकोट–डोल्पा सडकमा डोजर सहितको टोलीलाई ४० किलोमीटरको दुरीमा क्याम्प खडा गरेर बस्ने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन गरिएको छ। उनले जतिसुकै सडक अवरुद्ध भए पनि तत्काल पन्छाएर सर्वसाधारणको आवागमनमा बाधा नपुग्ने गरी काम गर्न सुझाव दिएका छन्।

त्यस्तै, प्रदेश सरकारले कर्णालीको दुर्गम जिल्लामा विपद् उद्दार कार्यलाई थप प्रभावकारी बनाउन सुर्खेतस्थित एउटा हेलिकप्टर तयारी अवस्थामा राख्न समेत आग्रह गरेका छन्। केही दिनअघि मात्रै डोल्पा लगाएत अन्य जिल्लामा आएको बाढी पहिरोमा ज्यान गुमाउनेलाई प्रति परिवार एक लाख रुपैयाँका दरले राहत दिने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell