PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विपी राजमार्गमा शव बरामद



पहिलोपोस्ट

बर्दिवासः महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका -३  गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन्। विपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग) को बर्दिवास -३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मंगलबार मध्यरातमा थापा मृत फेला परेका हुन्।

रात्रि नियमित गस्तीमा निस्केको प्रहरीले शव बरामद गरेको हो। घोप्टो परेको अवस्थामा मृत फेला परेका थापाको टाउको पछाडि चोट देखिएको छ। शव नजिकै थापाको प्रदेश–०२–००१प ३०५४ नंको स्कुटर ठिक अवस्थामा र हेलमेट भने फुटेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए।

शव परीक्षणका लागि अहिले जनकपुर अञ्चल अस्पताल पठाउन लागिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। घटना सडक दुघर्टना वा नियोजित नै पनि हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell