PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

१२औं दक्षिण एसियाली बडिबिल्डिङमा पदक जित्ने खेलाडीलाई संघका अध्यक्षले नगद पुरस्कार दिने



पहिलोपोस्ट

१२औं दक्षिण एसियाली बडिबिल्डिङमा पदक जित्ने खेलाडीलाई संघका अध्यक्षले नगद पुरस्कार दिने

काठमाडौं : नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले आयोजजा गरेको १२औं दक्षिण एसियाली बडिबिल्डिङ प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीलाई संघका अध्यक्षले व्यक्तिगत रुपमा नगद पुरस्कारको घोषणा गरेका छन्।

दुई दिन काठमाडौंमा भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण जितेको थियो। यस्तै ७ रजत र ६ कास्य पदक जितेको थियो। १८ विधा समावेश प्रतियोगितामा नेपालका २३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा अफगानिस्तान टिम च्याम्पियन बन्दा नेपाल दोस्रो भएको थियो।

अध्यक्ष राजेश बाबु श्रेष्ठले स्वर्ण जित्नेलाई ५० हजार घोषणा गरेका छन्। साथै रजक जित्नेलाई ३० हजार रकास्य जित्नेलाई २० हजार दिने घोषणा गरेका हुन्।

नेपालको लागि पुरुष सिनियर बडिबिल्डिङतर्फ ६५ केजी तौल समूहमा समिर श्रेष्ठले स्वर्ण जितेका थिए। यस्तै नेपालका नरेश मुन्जिकारले पुरुष एथलेटिक फिजिकअन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा र मल्लिका शाक्यले महिलाको मोडल फिजिकमा स्वर्ण जितेका हुन्। तीनै जना खेलाडीले ५०-५० हजार प्राप्त गर्नेछन्।

यस्तै बडिबिल्डिङको ६० केजीमा कमल भण्डारी र ७० केजीमा रमेश कार्कीले नेपालको लागि रजत जितेका थिए। यसैगरी पुरुष एथ्लेटिक्स फिजिकमा निशानत मान प्रधान, पुरुष फिटनेसमा राजु राई, महिला एथ्लेटिक्स फिजिकमा रजनी श्रेष्ठ र महिलाको मोडल फिजिकमा पूजा श्रेष्ठले रजत जितेकी थिइन्। उनीहरुले ३०-३० हजार पाउनेछन्।

यस्तै कास्य जित्नेमा ५५ केजीमा किशन दास दिवाकर, ६५ केजीमा प्रज्वल मान शाक्य, ७५ केजीमा अशोक महर्जन र ८५ केजीमा मिलन सिजापती छन्। यस्तै पुरुष जुनियर बडिबिल्डिङमा कृष्ण महर्जन र महिला एथ्लेटिक्स फिजिकमा सुजिता मानन्धरले पनि कास्य जितेकी थिइन्। उनीहरुले समान २० हजार पाउनेछन्।

 

५३औं एसियन बडिबिल्डिङमा नेपालबाट ९ खेलाडीले प्रतिस्पर्धा गर्ने

चीनको होहोट सिटी इन्नटर मंगोलियामा हुने ५३औं एसियन बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिप २०१९ मा नेपालबाट ९ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। आगामी भदौ २६ देखि असोज १ सम्म हुने उक्त च्याम्पियनसिपमा नेपालबाट बडिबिल्डिङमा ३ जना, पुरुष स्पोर्ट्स फिजिक र महिला एथ्लेटिक्स फिजिकमा ४ जना र पुरुष एथ्लेटिक्स फिजिकमा २ गरी ९ खेलाडी सहभागि हुने संघले जनाएको छ।

यस्तै २ जना अफिसियल र २ जना निर्णायक समेत टोलीमा रहनेछन्।

यसैगरी यही साउन ३१ देखि भदौ १ गतेसम्म एसिया प्यासिफिक बडिबिल्डिङ च्याम्पियनसिप २०१९ मा नेपालबाट ३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

केही दिनअघि सम्पन्न १२औं दक्षिण एसियाली बडिबिल्डिङमा विजेता बनेका ३ खेलाडी सहित १ अफिसियललाई थाइल्याण्ड पठाउने संघले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell