भेट्रान क्रिकेट क्रिस गेललाई समावेश गर्दै वेष्ट इन्डिजले भारत विरुद्ध हुने तीन खेलको ओडिआई सिरिजको लागि टोली घोषणा गरेको छ। गेलले फेब्रुअरीमा विश्वकपपछि ओडिआईबाट सन्यास लिने घोषणा गरेका थिए। तर उनले विश्वकद दोरान यु-टर्न लिँदै भारत विरुद्ध सिरिज खेल्ने सक्ने संकेत गरेका थिए। वेष्ट इन्डिज को टिम सेलेक्टरले पनि गेललाई टिममा समावेश गरेको हो।
वेष्ट इन्डिका लागि सर्वाधिक १० हजार ४०५ रन बनाउने ब्रायन लारा भन्दा गेल १२ रनले मात्र पछि छन्। अब उक्त कीर्तिमान गेलले तोड्ने लगभग पक्का छ।
भारत विरुद्धदै टी २० सिरिजका लागि भने गेल टिममा परेका छैनन्। उनी हाल क्यानडामा ग्लोबल टी २० लिग खेलिरहेका छन्।
ज्यासन होल्डरको कप्तानीमा घोषित टोलीमा ओपनर जोहन क्याम्पबेल, अलराउण्डर रोस्टन चेस र फास्ट बलर किमो पउलले पनि पुनरागमन गरेका छन्। यी खेलाडी विश्वकप खेल्ने टोलीमा भने थिएनन्।
विश्वकप खेलेको टिममा रहेका सुनिल अम्ब्रिस, डारेन ब्राभो, एस्लो नर्स र शानोन गाब्रीएल भने टिमबाट बाहिरिएका छन्। यस्तै विश्वकप दौरान चोट लागेका अलरउण्डर आन्द्रे रसेल पनि टिममा पर्न सकेनन्। उनी टी २० टोलीमा भने समावेश छन्।
वेष्ट इन्डिज टिम : ज्यासन होल्डर (कप्तान), क्रिस गेल, जोहन क्याम्पबेल, एभिन लेविस, शाई होप, शिमरोन हेतमार, निकोलस पुरन, रोस्टन चेस, फाबियन एलेन, कार्लोस ब्रेइथवेइटे, किमो पउल, शेल्डन कट्रेद्य, ओसाने थोमस, केमर रोच