PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

मड्रिड डर्बीमा एट्लेटिकोको शानदार जित, कोस्टा एक्लैले गरे चार गोल (एट्लेटिको ७-३ रियल)



पहिलोपोस्ट

मड्रिड डर्बीमा एट्लेटिकोको शानदार जित, कोस्टा एक्लैले गरे चार गोल (एट्लेटिको ७-३ रियल)

डिएगो कोस्टा एक्लैले चार गोल गरेपछि मड्रिड डर्बी खेलमा एट्लेटिकोले रियलमाथि शानदार जित हात पारेको छ।

ह्याट्रिक, गोलको वर्षा अनी दुई रातो कार्ड। प्रि सिजन टुर अन्तर्गत अमेरिकामा भएको इन्टरनेसनल चय्याम्पियनसिप कप २०१९ मा स्पेनका दुई छिमेकी क्लबबीच प्रतिस्पर्धा हुँदा एट्लेटिकोले रियललाई ७-३ ले पराजित गरेको हो।

एट्लेटिको जितमा कोस्टाले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए भने कूल चार गोल गरे।

पहिलो मिनेटमै गोल गरेका कोस्टाले २८औं र ४५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। उनले ५१औं मिनेटमा चौथो गोल गरे।

दोस्रो हाफमा दुवै टोलीका एक-एक खेलाडीले रातो कार्ड पाएपछि दश खेलाडीमा रहेर खेलेका थिए। ६४औं मिनेटमा ए६लेटिकोका कोस्टा र रियलका डानिएल कार्भाहालले रातो कार्ड पाएका थिए।

एट्लेटिकोका लागि जाओ फेलिक्सले आठौं, एन्जल कोरेअले १९औं र भिटोले ७०औं मिनेटमा गोल थपे। रियलका लागि नाचो फर्नान्डेज ५९औं, करिम बेन्जामाले ८५औं र ज्याभिएर हर्नान्डेजले ८९औं मिनेटमा गोल गरे।

एट्लेटिकोले यसअघि मेक्सिकन क्लब गाडालाबाजारालाई हराएको थियो। उता रियलको भने दोस्रो हार हो। पहिलो खेलमा वायर्न म्युनिखसँग हारेको रियलले बर्सनललाई भने पेनाल्टीसुटआउटमा पराजित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell