PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

सिरहामा पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु



रासस

सिरहामा पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु

सिरहाः सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ।

प्रहरीका अनुसार सिरहाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुरका बासिन्दा विमल यादवको १० वर्षीय छोरा दीपक यादव र ७ वर्षीया छोरी नन्दनी यादवको गाउँकै पोखरीमा डुबेर मृत्यु भएको छ। दुवै दाजुबहिनी आइतबार घरबाट खेल्न गएका तर बेलुकासम्म घर नफर्किएपछि अभिभावकले खोजी गरेका थिए।

अभिभावकले खोज्दै जाँदा स्थानीय पोखरीमा दाजुबहिनी दुवै मृतावस्थामा भेटेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी अपिलराज बोहराले बताए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाले सिरहा नगरपालिका–३ मखनाहामा खाल्डोमा जमेको पानीमा डुबेर ११ वर्षीया काजल दासको मृत्यु भएको जानकारी दिएको छ। काजल आइतबार बस्तुभाउलाई घाँस काट्न गएकी थिइन्। घाँस काट्न गएका बेला खाल्डोमा जमेको पानीमा नुहाउँदा डुबेर उनको मृत्यु भएको प्रहरीले बताएको छ।

स्थानीयले उनलाई खाल्डोमा डुबेको अवस्थामा देख्नासाथ तत्काल उद्धार गरी उपचारका लागि माडरस्थित चन्द्रनारायण मेमोरियल मेटर्निटी अस्पताल लगेका थिए। अस्पताल पु-याएलगत्तै चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell