PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कुमार पौडेलको हत्या छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै संसद अवरुद्ध, प्रतिनिधि सभा स्थगित



कुमार पौडेलको हत्या छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै संसद अवरुद्ध, प्रतिनिधि सभा स्थगित

काठमाडौं: नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या सम्बन्धी छानविन गर्न संसदीय समिति  बनाउन माग गर्दै प्रतिपक्षी दलले संसद अवरुद्ध गरेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टीलगायत विपक्षीले संसद अवरुद्ध गर्दै लगातार नाराबाजी गरेपछि आजको प्रतिनिधि सभा बुधबारसम्मका लागि स्थगित भएको छ। आइतबार राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले संसद अवरुद्ध गर्ने चेतावनी दिएको थियो

सर्लाहीमा असार ५ गते विप्लवका सर्लाही जिल्ला इन्चार्ज पौडेलको प्रहरीको गोली लागेर मृत्यु भएको थियो। गृहमन्त्रालयले पौडेलको मृत्यु प्रहरीसँगको दोहोरो गोली हानाहानमा भएको दाबी गर्दै आएको छ।

यसअघि पनि संसदमा प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले यी दुई घटनालाई छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गरेका थिए

सम्बन्धित समाचार

सुकुम्बासीका हिरो तर सरकारको भिलेन : कुमार पौडेलसँग जोडिएको सागरनाथ कनेक्सन

प्रहरीको विवादित 'इन्काउन्टर'मा मारिएका कुमार पौडेल आखिर को हुन्?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell