PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

अब प्रधानमन्त्री र विभागीय मन्त्रीहरुबीच नै वर्षभरि गर्ने कामको सम्झौता, मन्त्रीहरुसँग हस्ताक्षर जारी



पहिलोपोस्ट

अब प्रधानमन्त्री र विभागीय मन्त्रीहरुबीच नै वर्षभरि गर्ने कामको सम्झौता, मन्त्रीहरुसँग हस्ताक्षर जारी
प्रमको सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी ओलीसामु मन्त्रीहरुले वार्षिक कार्ययोजना पेश गरेका छन्। यस वर्ष विभागीय मन्त्रालयले गर्ने काम कारवाहीको कार्ययोजना प्रस्तुत तथा कार्यान्वयनको सम्झौतासमेत भएको छ।

मन्त्रिपरिषदको कार्यालयमा भएको सम्झौताबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले ट्विटमा लेखेका छन् - सम्माननीय प्रधानमन्त्रीज्यूको समुपस्थितिमा मन्त्रीज्यूहरुद्वारा वार्षिक कार्ययोजना प्रस्तुत गर्दै कार्यान्वयन सम्झौता हस्ताक्षर गर्न आयोजित कार्यक्रम सिंहदरबारमा प्रारम्भ।

सल्लाहकार अर्यालका अनुसार पहिलो पटक यसरी विभागीय मन्त्रीहरुसँग सम्झौता गरिएको हो। प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्ययोजनमा सम्झौता हुनेक्रम यो समाचार तयार पार्दा पनि जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell