PahiloPost

Sep 23, 2024 | ७ असोज २०८१

फिफा बेस्ट अवार्डका लागि मेसी र रोनाल्डोसहित १० खेलाडी मनोनयनमा, मोडरिच र नेमार परेनन्



पहिलोपोस्ट

फिफा बेस्ट अवार्डका लागि मेसी र रोनाल्डोसहित १० खेलाडी मनोनयनमा, मोडरिच र नेमार परेनन्

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने दि फिफा बेस्ट अवार्ड २०१९ का लागि १० खेलाडीको मनोनयन सार्वजनिक भएको छ। वर्तमान विश्व फुटबलका दुई चर्चित खेलाडी लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो स्वभाविक रुपमा मनोनयनमा पर्दा गत संस्करणको अवार्ड विजेता लुका मोडरिच र ब्राजिल खेलाडी नेमार भने टप १० मा अटाउन सकेनन्।

यस्तै फ्रेन्की डे जोङ, माथिस डे लिग्ट, ह्यारी केन, एडेन हाजार्ड, साडियो माने, किलियन एम्बाप्पे, मोहम्मद सलाह र भर्जिल भान डाइक पनि मनोनयनमा परेका छन्।

यस्तै फिफा बेस्ट अवार्ड महिला खेलाडी तर्फ लुसी ब्रोन्ज, जुली एट्ज, क्यारोलाइन ग्राहन हानसेन, एडा हेडरवर्ग, एडान्डाइन हेनरी, साम केर, रोज लाभेले, भिभियन मिएडेमा, एलेक्स मोर्गन, मेगन रापिनोए, वेन्डीइ रेनार्ड र एलेन ह्वाइट मनोनयनमा परेका छन्।

सन् २०१८ जुलाई १६ देखि २०१९ जुलाई १९ सम्म खेलाडीले गरेको प्रदर्शन र पाएको सफलताका आधारमा फिफाले मनोनयन सार्वजनिक गरेको हो।

अब मनोनयनमा परेका खेलाडीहरुलाई राष्ट्रिय फुटबल टोलीका कप्तान, राष्ट्रिय टोलीका प्रशिक्षक, खेलकुद पत्रकार तथा फ्यानहरुले भोटिङ गर्न पाउनेछन्।

मनोनित खेलाडीमधये एक जनाले तीन खेलाडीलाई भोट गर्न पाउनेछन्। पहिलो रोजाईँमा रहेको खेलाडीलाई ५ अंक, दोस्रो रोजाईमा रहेकालाई ३ र तेस्रो रोजाईँमा रहेकालाई १ अंक दिन पाउनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell