काठमाडौं : आफ्नै अपहरणको हल्ला फैलाइ परिवारसँग रकम माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर इनर्वा बस्ने ३१ वर्षीय अरमान भनिने महम्मद तवरेज आलमलाई नियन्त्रणमा लिएको हो। आलमले आफै अपहरण परेको भन्दै परिवारसँग रकम मागेको अनुसन्धानमा देखिएको एसपी सोमिन्द्र राठौरले जानकारी दिए।
साउन १३ गते अलमले भरतपुर तथा भैरहवामा गएर नाटकीय तरिकाले दिदीलाई फोन गरी घर परिवारबाट रकम मागेको प्रहरीको अनुसन्धानमा खुलेको छ। आलमलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।