PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

संगीतकर्मी नोर्देन तेन्जिङ भुटियाको निधन



पहिलोपोस्ट

संगीतकर्मी नोर्देन तेन्जिङ भुटियाको निधन

गायक, संगीतकार तथा गीतकार नोर्देन तेन्जिङ भुटियाको निधन भएको छ। ६९ वर्षीय भुटियाको सोमबार बेलायत, अल्डरसटस्थित घरमा निधन भएको हो।

उनी सांगीतिक ब्यान्ड हिमालयनका संस्थापक हुन्। उनको 'मुसुमुसु हासिदेउँ न लैलै', गाजलुले आँखै छोप्ने, 'कहाँ तिम्रो मायालुलाई', ' 'चिसो बतासले' लगायत गीत चर्चित छन्। सन् १९८२ मा 'फर्की हेरें मेरो जीवन' बोलको गीतबाट उनले गायन यात्रा सुरु गरेका हुन्।

भुटिया सन् २००६ देखि घाँटीको क्यान्सरसँग जुधिरहेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell