PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

खाना पकाउने ग्यासको मूल्य घट्यो,  पेट्रोल र डिजेलमा बढ्यो



पहिलोपोस्ट

खाना पकाउने ग्यासको मूल्य घट्यो,  पेट्रोल र डिजेलमा बढ्यो

काठमाडौँः नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ। निगमले प्रति सिलिण्डर २५ रुपैयाँ मूल्य घटाएको हो। मङ्गलवार रातिदेखि लागू हुनेगरी ग्यासको मूल्य घटाइएको हो।

अब उपभोक्ताले मूल्य १३ सय ७५ रुपैयाँमा पर्नेछ। यसअघि ग्यासको मूल्य १४ सय रुपैयाँ थियो।

निगमले ग्यासको मूल्य घटाए पनि पेट्रोल,डिजल र मट्टितेलको मूल्य भने बढाएको छ।

पेट्रोलमा एक रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्यमा ५० पैसा भाउ बढाइएको हो। अब उपभोक्तालाई काठमाडौँमा पेट्रोल १०९ रुपैयाँ र डिजल तथा मट्टितेल भने ९७ रुपैयाँ पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell