PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाली क्रिकेट कप्तान पारस खड्काले गरे वरीयतामा सुधार, वरीयता क्रमको ६६ औं स्थानमा



पहिलोपोस्ट

नेपाली क्रिकेट कप्तान पारस खड्काले गरे वरीयतामा सुधार, वरीयता क्रमको ६६ औं स्थानमा

काठमाडौं: नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का विश्व वरीयता क्रममा सुधार गर्दै माथि उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले जारी गरेको वरीयता क्रमअनुसार पारस टी २० क्रिकेटमा ब्याटस्म्यान तर्फ ६६ औं स्थानमा परेका हुन्। यसअघि उनी ९३ स्थानमा परेका थिए। सय जनाको सूचीमा नेपालबाट पारस मात्रै परेका छन्। टी २० वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा रहेका छन् भने अस्ट्रेलियाका ग्लेन म्याक्सवेल दोस्रो स्थानमा रहेका छन्।

यस्तै टी २० क्रिकेटमा अलराउन्डरतर्फ पनि पारसले सुधार गरेका छन्। पहिला ३९ औं स्थानमा परेका पारस हाल २५ औं स्थानमा परेका छन्। यस उनीसँगै न्युजिल्यान्डका मिचेल स्यान्टनर, भारतका सुरेश रैना र जिम्बावेका एल्टन चिगुम्बुरा रहेका छन्। भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली भने ३० औं स्थानमा रहेका छन्।

अलराउन्डरतर्फ अस्ट्रेलियाली ग्लेन म्याक्सवेल पहिलो स्थानमा छन्। 

यस्तै,  टी २० मा बलरतर्फ बसन्त रेग्मी र सोमपाल कामी वरीयता सूचीमा परेका छन्। नेपालका सन्दीप लामिछाने भने वरीयता क्रममा परेनन्। वसन्त रेग्मीको वरीयता खस्किएको छ। हाल उनी ७१ औं स्थानमा परेका छन् भने सोमपाल कामी ७८ स्थानमा यथावत् रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell