PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लोकसेवा आयोगविरुद्ध सिंहदरबारमा धर्ना : प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी

लोकसेवा आयोगविरुद्ध सिंहदरबारमा धर्ना : प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन असमावेशी भएको भन्दै आन्दोलनरत पक्षले आज पनि भद्रकालीमा विरोध प्रदर्शन गरेका छन्।

आरक्षण बचाउ आन्दोलनको आयोजनामा भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबार पुगेर धर्नामा परिणत हुने कार्यक्रम रहेको थियो। तर भद्रकालीमा प्रदर्शनमा उत्रेका प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गर्दै आन्दोलनको नेतृत्वमा गरिरहेका अभियन्ताहरुलाई नियन्त्रणमा लिएको छ। करिब एक दर्जन अभियानकर्तालाई नियन्त्रणमा लिएको आन्दोलनरत् पक्षले जनाएको छ।  

प्रहरीले शान्तिपूर्वक धर्नामा दमन गरेको भन्दै आन्दोलनकारीहरुले नियन्त्रणमा लिएका प्रदर्शनकारीलाई रिहा गर्न माग गर्दै भद्रकालीमा नाराबाजी गरिरहेका छन्। 
सरकार चरम दमनमा ओर्लेको भन्दै उनीहरुले सामन्य प्रशासन मन्त्री लालबाबु पण्डितको राजीनामा माग गरे। 

लोकसेवा आयोगले संघीयताको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित गरेको विज्ञापनविरुद्ध खारेज गर्दै आरक्षणसहित नयाँ विज्ञापन जारी नगरेसम्म आन्दोलन नरोकिने अभियानले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell