PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सिंहदरबार वृत्तबाट फरार थुनुवा प्रकरणः हटकेसको खानाभित्र राखेर थुनुवाकक्षसम्म पुग्यो ह्याक्सो ब्लेड!



पहिलोपोस्ट

सिंहदरबार वृत्तबाट फरार थुनुवा प्रकरणः हटकेसको खानाभित्र राखेर थुनुवाकक्षसम्म पुग्यो ह्याक्सो ब्लेड!

काठमाडौं: चोरी अभियोगमा महानगरीय प्रहरी वृत्त सिंहदरबारको थुनाबाट भागेका चार जनामध्ये थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले थुनाबाट भागेका सुकलाल वाइवालाई सोमबार बिहान दक्षिणढोकाबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। शनिवार चार जना थुनुवाहरू ह्याक्सो ब्लेडले रड काटेर फरार भएका थिए। फरारमध्ये दुई जना सुब्बा लामा र अनिल थापालाई प्रहरीले तत्काल समातेको थियो। अन्य दुई जना भने फरार थिए। 'भगाउन सहयोग गर्नेलाई नियन्त्रणमा लिएका छौँ,' डिएसपी बोगटीले बताए।

थुनामा रहेका उनीहरूलाई भेट्न गएका व्यक्तिले खानामा ह्याक्सो ब्लड राखेर थुनुवा कक्षसम्म पुर्‍याएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। थुनामा रहेका व्यक्तिलाई परिवार, आफन्त र साथीभाइले खाना लिएर जाँदा उनीहरूलाई नै खुवाएर मात्र थुनुवासम्म लैजान दिइन्छ। तर उनीहरूले खानाको हटकेसभित्र ब्लेड राखेको देखिएको छ। ' प्रहरीले खाना मात्र टेस्ट गरायो। तर खानाको तलपट्टी ब्लेड राखेको देखिन्छ। थप अनुसन्धान हुँदै छ,' डिएसपी बोगटीले भने।

थुनुवासम्म ह्याक्सो ब्लड पुर्‍याउन सहयोग गर्ने करण मोक्तान र रमेश सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। मोटरसाइकल चोरीको अभियोगमा पक्राउ परेकामध्ये अझै फरार रहेका मदन तामाङको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनाको अनुसन्धान गर्ने परिसरले एसपी अशोक सिंहको नेतृत्वमा छानविन समिति समेत गठन गरेको छ। समितिले डियुटीमा रहेका तीन जना प्रहरुीलाई निलम्बन गरि अनुसन्धान गरिरहेको छ।

‘प्रिजन ब्रेक’ शैलीमा हिरासतबाट गायब थुनुवा: कसरी पुग्यो अदालतबाट हिरासतसम्म हयाक्सो ब्लेड?

यसअघि पनि महानगरीय प्रहरी प्रभाग भैँसेपाटीको थुनुवाकक्षबाट रुद्रलाल श्रेष्ठ र शम्शेर साह यसै गरी फरार भएका थिए। महाशाखाको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूले अदालतमा म्याद थप्न गएको समयमा ट्वाइलेटबाट योजनाबद्ध रूपमा साथीले राखेको ह्याक्सो ब्लेडले रड काटेर भागेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell