PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'उरी'लाई दर्शकले सोचेभन्दा बढी माया गर्नुभयो: यामी गौतम



पहिलोपोस्ट

'उरी'लाई दर्शकले सोचेभन्दा बढी माया गर्नुभयो: यामी गौतम

 

हालै सम्पन्न भएको ६६  ओं नेसनल फिल्म अवार्डमा अभिनेत्री यामी गौतम अभिनित फिल्म 'उरी: द सर्जिकल स्ट्राइक'ले ४ वटा नेसनल अवार्ड पाएको छ। यामी गौतम स्टारर फिल्म 'उरी: द सर्जिकल स्ट्राइक'लाई आदित्य धरले निर्देशन गरेका हुन्।

फिल्मले ४ वटा अवार्ड पाएसँगै यामीले यो वर्ष आफूलाई निकै फलदायी रहेको बताइन्। उनले भनिन्, 'उरीले यो वर्ष रिलिज भएका सबै फिल्मको रेकर्ड तोड्न सफल भएको छ। जब हामी फिल्मको सुटिङ गरिरहेका थियौ, त्यति बेलादेखि नै हामी आशावादी थियौं कि यो फिल्मलाई दर्शकहरुले रुचाउनु हुन्छ भनेर। तर उरी रिलिज पश्चात् यो फिल्मलाई दर्शकले यति धेरै माया गर्नुभयो कि त्यति त हामीले कल्पना समेत गरेका थिएनौं। यो सफलताको लागि म विकी, आदित्य र पूरै फिल्म युनिटलाई बधाई दिन चाहन्छु।'

उनले २०१२ मा आयुष्मान खुरानासँगै बलिउड फिल्म 'विक्की डोनर'बाट डेब्यु गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell