PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'मिसन मंगल' अक्षयको करियरकै सर्वाधिक ओपनिङ गर्ने फिल्मः पहिलो दिनमै कमायो २९ करोड भारु



पहिलोपोस्ट

'मिसन मंगल' अक्षयको करियरकै सर्वाधिक ओपनिङ गर्ने फिल्मः पहिलो दिनमै कमायो २९ करोड भारु

१५ अगस्ट बिहीवारदेखि प्रदर्शनमा आएको अक्षय कुमार स्टारर फिल्म 'मिसन मंगल'  ले भारतीय  बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ। भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर रिलिज गरिएको यस फिल्मले पहिलो दिन २९ करोड १६ लाख भारतीय रुपैयाँ कमाइ गर्दै सानदार ओपनिङ गरेको 'आजतक'ले जनाएको छ।

फिल्ममा अक्षय कुमारसँगै सोनाक्षी सिन्हा र विध्या बालनको मुख्य भूमिका रहेको छ। मिसन मंगललाई अक्षयको करियरकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्मको रुपमा लिइएको छ। यो फिल्मलाई दर्शक तथा समीक्षकले राम्रो प्रतिक्रिया दिइरहेका छन्।

जगन शक्ति निर्देशित यस फिल्ममा मंगल ग्रहको यात्रा देखाइएको छ। 'मिसन मंगल'सँगै अक्षय कुमार अहिले रोहित शेट्टीको फिल्म 'सूर्यवंशी', करण जोहरको फिल्म 'गुड न्युज' र 'हाउसफूल' लगायतका फिल्ममा काम गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell