PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चीनमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेशले जिते तेस्रो स्वर्ण



पहिलोपोस्ट

चीनमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेशले जिते तेस्रो स्वर्ण

काठमाडौं: चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जितेका छन्।

सिंगापुर पुलिस फोर्समा कार्यरत उनले भाग लिएका तीन वटै विधामा स्वर्ण जितेका हुन्। उनले आइतबार १० हजार मिटर दौडमा पनि स्वर्ण हासिल गर्दै तेस्रो स्वर्ण जितेका हुन्। सो प्रतिस्पर्धामा विभिन्न देशका ५५ जना खेलाडीले भाग लिएका थिए।

निमेशले चीन र भारतका खेलाडीलाई पछि पार्दै निर्धारित दूरी ३१ मिनेट १७ सेकेन्डमा पार गरेका थिए। त्यस्तै, दोस्रो भएका चीनको रेलवे पुलिसका जेनुफेङ दाईले ३१ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेका थिए। कास्य पदक भारतीय राष्ट्रिय पुलिसका गोभा रामले ३२ मिनेट २१ सेकेन्डमा दौड पूरा गर्दै हासिल गरेका थिए।

सिंगापुर पुलिस फोर्समा कार्यरत भए पनि निमेश नेपाली पासपोर्ट बोक्छन्। यसैकारण पदक तालिकामा उनको परिचय नेपाली भनेर उल्लेख गरिएको छ।

उनले गत आइतबार भएको १० हजार मिटरको क्रस कन्ट्री इभेन्टमा पनि स्वर्ण जितेका थिए। सो प्रतिस्पर्धामा समेत उनले भारत र चीनका खेलाडीलाई पछि पारेका थिए। त्यसअघि उनले हाफ म्याराथनमा १ घन्टा ९ मिनेट २६ मिनेटमा निर्धारित दूरी पार गरेर स्वर्ण जितेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell