PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पूर्वअनुमति नलिई जाँदा युरोपमा छायांकन गर्न पाएन फिल्म 'लप्पन छप्पन २' ले



पहिलोपोस्ट

पूर्वअनुमति नलिई जाँदा युरोपमा छायांकन गर्न पाएन फिल्म 'लप्पन छप्पन २' ले

काठमाडौं: फिल्म छायांकन गर्नको लागि युरोप गएको ‘लप्पन छप्पन २’ को निर्माण युनिट फिल्मको छायांकन नै नगरी नेपाल फर्किएको छ। फिल्म निर्माण युनिटले फिल्मको छायांकन युरोप र अस्ट्रेलियामा गर्ने बताएको थियो।

फिल्म छायांकनको लागि अभिनेता दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाहीसहित १७ जनाको टिम युरोप पुगेको थियो। तर निर्माण युनिटले छायांकनको अनुमति नै नलिई युरोप उड्दा खाली हात फर्कनु परेको छ। साथै युनिटसँग छायांकनका लागि क्यामेरासमेत व्यवस्था नभएकाले छायांकन गर्न नपाएको बताइएको छ।

निर्माण युनिटबीच नै समन्वय नमिल्दा कलाकारहरु घुमघाम मात्र गरेर शनिवार नेपाल फर्केका हुन्। युरोपमा पहिले फिल्मको छायांकन गरेपछि अस्ट्रेलियामा छायांकन गर्न जाने निर्माण युनिटको योजना रहेको थियो। फिल्म निर्देशक मुकुन्द भट्ट छायांकनका लागि पूर्वअनुमति नै नलिई युरोप उडेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell