PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेकपाको जनवर्गीय संगठन र विशेष जिल्ला कमिटीमा तोकिए इञ्जार्जः कसलाई कुन जिम्मेवारी? पढ्नुस् नामावली



रासस

नेकपाको जनवर्गीय संगठन र विशेष जिल्ला कमिटीमा तोकिए इञ्जार्जः कसलाई कुन जिम्मेवारी? पढ्नुस् नामावली

  • प्रकाश सिलवाल-

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को सचिवालय बैठकले साङ्गठनिक एकता र कार्यविभाजनमा थप निर्णय गर्दै जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीसहित विभिन्न कमिटीमा नेतृत्व चयन गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार सम्पन्न बैठकको निर्णय अनुसार उपत्यका विशेष जिल्ला कमिटीको इञ्जार्जमा लीलामणि पोखरेल, सह-इञ्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाल तथा अध्यक्ष राजन भट्टराई र सचिव लेखनाथ न्यौपानेलाई तोकेको छ।

यस्तै, युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा इञ्चार्जमा माधव ढुङ्गेल, सह–इञ्चार्जमा कृष्ण केसी, अध्यक्षमा रमेश मल्ल र सचिवमा सुनीता बराललाई तोकेको छ।

मजदुर विशेष जिल्ला कमिटी इञ्चार्जमा विना श्रेष्ठ, सह–इञ्चार्ज कुमार पौडेल र अध्यक्षमा जगत सिंखडा तथा सचिवमा नरनाथ लुइँटेललाई तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यसैगरी, पेशागत विशेष जिल्ला कमिटीमा इञ्चार्जमा केशवप्रसाद नेपाल, सह–इञ्चार्जमा प्रेमल खनाल, अध्यक्ष प्रेम पराजुली, सचिव कृष्णराज केसीलाई तोकेको छ।

उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीको इञ्चार्जमा पार्वत गुरुङ, सह–इन्चार्जमा शशी श्रेष्ठ तोकिएका छन्। अध्यक्षमा नाम तय हुन बाँकी रहेको छ। सचिवमा चन्द्र रिजाल, केन्द्रीय सम्पर्क समन्वय कमिटी इञ्चार्ज छविलाल विश्वकर्मा, सह–इञ्चार्जमा डीलाराम आचार्य, विजय गुरुङ र झक्कु सुवेदी, अध्यक्ष प्रल्हाद बुढाथोकी सचिव नरेन्द्र श्रेष्ठलाई तोकिएको छ। बैठकले सात वटै प्रदेश १ को सम्पर्क कमिटीमा इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिव तोकेको छ।

जनसङ्गठनतर्फ ट्रेड युनियन महासङ्घको इञ्चार्जमा जयपुरी घर्ती, सह–इन्चार्ज विनोद श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घको इञ्चार्जमा बामदेव गौतम, सुनील मानन्धर, र अध्यक्ष परिवर्तन गरी हरि पराजुलीलाई जिम्मेवारी दिने निर्णय भएको छ। हालसम्म महासङ्घको अध्यक्ष नेता गौतम थिए।

गौतमले यसअघिको सचिवालय बैठकले पार्टीको उपाध्यक्षको जिम्मेवारी दिने गरी सो प्रस्ताव स्थायी कमिटीमा लाने निर्णय गरेको थियो।

यस्तै अखिल नेपाल महिला संगठनको इञ्चार्जमा गोमा देवकोटा र सह–इञ्चार्जमा कमला रोका रहेका छन्।

राष्ट्रिय युवा संघ नेपालको इञ्चार्जमा महेश बस्नेत र सह–इञ्चार्जमा रामप्रसाद सापकोटा ‘दीपशिखा’, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको इञ्चार्जमा हितमान शाक्य र सह–इञ्चार्जमा विनोद ढकाल, नेपाल वुद्धिजीवी संगठनको इञ्चार्जमा अग्निप्रसाद सापकोटा र सह–इञ्चार्जमा टंक कार्की, पेशागत महासङ्घको इञ्चार्जमा पम्फा भुसाल र सह–इञ्चार्जमा विश्वनाथ प्याकुरेललाई जिम्मेवारी दिइएको छ। जनसङ्गठनका संयोजक र सहसंयोजक यसअघि तोकी सकिएको छ। इन्चार्ज तोकिएसँगै अब ती सङ्गठनको केन्द्रीय कमिटीले पूर्णता पाउनेछ।

एकता प्रक्रियाका महत्वपूर्ण चरणहरु यसअघि पार भइसकेका छन्। अन्य केन्द्रीय सदस्यहरुको कार्यविभाजन, प्रभाव कमिटीको गठन, केन्द्रीय निकायको गठन, पोलिटब्यूरो आदि कार्यसूचीमा आगामी बैठकमा छलफल हुने बुझिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell