PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एभिसी सेन्ट्रलजोन पुरुष भलिबलः आज तीन खेल हुने



पहिलोपोस्ट

एभिसी सेन्ट्रलजोन पुरुष भलिबलः आज तीन खेल हुने

काठमाडौं: एभिसी सेन्ट्रलजोन पुरुष भलिबलमा मंगलबार तीन खेल हुँदैछन्। आज दिउँसो ३ बजे हुने पहिलो खेलमा बंगलादेश र अफगानिस्तान भिड्ने छन्। त्यस्तै दोस्रो खेल ५ बजे उज्बेकिस्तान र तुर्कमेनिस्तानबीच हुने छ। त्यस्तै, तेस्रो खेलमा किर्गिस्तान र माल्दिभ्स साँझ ७ बजे प्रतिस्पर्धा गर्ने छन्।

सोमबारबाट सुरु भएको प्रतियोगिताको पहिलो दिनको खेलमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो। लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्ड हलमा भएको पहिलो दिनको खेलमा तुर्कमेनिस्तान, किर्गिस्तान र उज्बेकिस्तानले जित हात पारेका थिए। नेपालले अर्को खेल बुधबार साँझ ५ बजे माल्दिभ्ससँग खेल्ने छ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। समूह ‘ए’ मा नेपाललगायत किर्गिस्तान र माल्दिभ्स रहेका छन्। त्यस्तै, समूह ‘बी’ मा तुर्कमेनिस्तान, बंगलादेश, उज्बेकिस्तान र अफगानिस्तान रहेका छन्।

भदौ ७ गतेसम्म हुने एभिसी सेन्ट्रलजोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपाललगायत किर्गिस्तान, माल्दिभ्स, तुर्कमेनिस्तान, बंगलादेश, उज्बेकिस्तान र अफगानिस्तानको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell