PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एभिसी सेन्ट्रलजोन पुरुष भलिबलः अफगानिस्तान, उज्वेकिस्तान र किर्गिस्तान विजयी



पहिलोपोस्ट

एभिसी सेन्ट्रलजोन पुरुष भलिबलः अफगानिस्तान, उज्वेकिस्तान र किर्गिस्तान विजयी

काठमाडौं : काठमाडौंमा जारी एभिसी सेन्ट्रल जोन पुरुष भलिबलको दोश्रो दिनको खेलमा अफगानिस्तान, उज्वेकिस्तान र किर्गिस्तान विजयी भएका छन्।

लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्ड हलमा पहिलो खेलमा अफगानिस्तानले बंगलादेशलाई ३–२ को सेटमा पराजित गर्दै पहिलो जीत निकालेको हो। त्यस्तै, आजै भएको दोश्रो खेलमा उज्बेकिस्तानले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्यो‍। त्यस्तै, तेस्रो खेलमा किर्गिस्तानले माल्दिभ्समाथि ३–० सोझो सेटमा जित हात पार्यो।

आयोजक नेपालले बुधवार माल्दिभ्ससँग आफ्नो दोश्रो खेल्नेछ। पहिलो खेलमा फितलो प्रदर्शन गरेको नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो। नेपालको खेल भोलि साँझ ५ बजे हुने छ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। समूह ‘ए’ मा नेपाललगायत किर्गिस्तान र माल्दिभ्स रहेका छन्। त्यस्तै, समूह ‘बी’ मा तुर्कमेनिस्तान, बंगलादेश, उज्बेकिस्तान र अफगानिस्तान रहेका छन्।

भदौ ७ गतेसम्म हुने एभिसी सेन्ट्रलजोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपाललगायत किर्गिस्तान, माल्दिभ्स, तुर्कमेनिस्तान, बंगलादेश, उज्बेकिस्तान र अफगानिस्तानको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell