PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फेल भएका परीक्षार्थीलाई पास गराउने त्रिवि सेवा आयोगका अध्यक्ष शर्मा धरौटीमा छुटे



पहिलोपोस्ट

फेल भएका परीक्षार्थीलाई पास गराउने त्रिवि सेवा आयोगका अध्यक्ष शर्मा धरौटीमा छुटे

काठमाडौँः कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका केरमेट गरी आफन्त र नातेदारलाई स्थायी पदपूर्ति गरेको अभियोग लागेका त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मा धरौटीमा रिहा भएका छन्। विशेष अदालतले शर्मालाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। बुधबार नै इजलासमा उपस्थित भएका शर्मा धरौटी बुझाएर रिहा भएका छन्।

न्यायाधीशहरु शिवराज अधिकारी, बालेन्द्र रुपाखेती र रवि शर्मा अर्यालको इजलासले शर्मालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

कर्मचारीको स्थायी पदपूर्तिको लिखित परीक्षामा प्राप्त अंक करमेट गरी फेल भएकालाई पास तथा पास भएकालाई फेल गराएको अभियोगमा असार १८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित १० जनालाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अंक केरमेट गरी आफन्त समेतलाई पास गराएको आरोप अख्तियारको छ।

अख्तियारले शर्मासहित आयोगका सदस्य चिन्तामणि पोखरेल, प्रशासकीय प्रमुख परशुराम कोइराला, कार्यालय सहायक बच्चुराम पाण्डे प्राध्यापक गोविन्द ढकाल, सहप्राध्यापक राजेश्वर न्यौपाने, ताराप्रकाश पौडेल र रामबहादुर पाण्डे तथा कर्मचारी इन्दिरा तिवारीविरुद्ध मुद्दा दायर गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell