
काठमाडौं: इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी)को नयाँ एकदिवसीय वरियतामा नेपाल १ स्थान पछि परेको छ। यसअघि १५ औं स्थानमा रहेको नेपाल एकस्थान तल झरेको हो।
नेपाल १९ रेटिङ र १५२ अंकसहित १६ औं स्थानमा रहेको छ। तालिकामा इङ्ग्ल्याण्ड शीर्ष स्थानमा रहेको छ भने भारत, न्युजिल्याण्ड र अस्ट्रेलिया क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्।
यता टी-२० तर्फ भने नेपाल ११ औं स्थानमा यथावत रहेको छ। नेपालको २०१ रेटिङसहित २८१८ अंक छ। टी-२० वरियतामा पाकिस्तान शीर्षस्थानमा रहेको छ। त्यस्तै, इङ्ल्याण्ड, दक्षिण अफ्रिका र भारत क्रमश दोश्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्।