PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

देउवाको दुखेसो : पार्टी एक हुनुपर्छ भनी कराउनेले नै एकतामा सघाएनन्, खुलेआम हराउन लागेकालाई कारबाही गर्न पनि दिएनन्



पी बी खड्का

देउवाको दुखेसो : पार्टी एक हुनुपर्छ भनी कराउनेले नै एकतामा सघाएनन्, खुलेआम हराउन लागेकालाई कारबाही गर्न पनि दिएनन्

सुर्खेत: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नसुध्रिए आफुहरु अझै लड्नुपर्ने बताएका छन्। कांग्रेसको महाधिवेशन प्रतिनिधिहरुका लागि कर्णाली प्रदेशस्तरीय प्रशिक्षणको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अब अन्तिम लडाई गर्नुपर्ने बेला आएको बताए।

‘वर्तमान सरकार प्रजातान्त्रिक मूल्य र मान्यता छोडेर सर्वसत्तावादी भएको छ। विगतमा हामीले राणा शासन फाल्यौँ, पञ्चायत ढाल्यौँ,  र राजा फालेर गणतन्त्र स्थापना गरेको इतिहास छ। फेरि पनि कम्युनिष्ट शासन हटाएर देखाउन सकिन्छ। अझै पनि ओली नसुध्रिए लड्नुपर्ने हुन्छ,’ सभापति देउवाले भने। 'सरकारले प्रेस, मानवअधिकार लगायतलाई अंकुश लगाएको भन्दै अहिले बढ्दो भ्रष्टाचार बढेको बताए। गाउँगाउँमा उपभोक्ता समितिका नाममा बजेट सकेर चरम भ्रष्टाचार गरेको उनको आरोप छ।

पार्टी एकताका लागि सबैले सहयोग गर्नुपर्ने उनको भनाई थियो। पार्टी सभापतिले एकता चाहेको भन्दै सहमतिका लागि काम गर्न नदिएको र काम भएन भनेर आरोप लगाएको बताए।

‘पार्टी सभापतिले एकता चाहान्छ। सबैले सहयोग गरे पार्टी एकता हुन्छ। पार्टी एक हुन आवश्यक छ,’ उनले भने,‘सहमतिका लागि काम गर्न नदिने काम भएन भनेर हुन्छ।’ गएको निर्वाचनमा हराउन लागि परेकालाई कारवाही गर्न नदिएको भन्दै गुनासो गरेका छन्।

‘हिजो चुनावमा हराउन लागि परेका कार्यकर्तालाई कारवाही गर्न पाउनु पर्‍यो नी,’ उनले भने,‘खुलेआम हराउन लागि परेकालाई कारवाही पनि गर्न पाईदैँन।’

यस्ता कार्यकतालाई कारवाही नगरे पार्टीभित्र बेतिथि बढ्ने उनले बताए।

पार्टीमा सहमति चाहिने र भन्दै अनुशासनमा रहन समेत सबैलाई आग्रह गरे। ‘पार्टी कुने पाटी पौवा होइन। धर्मशाला होइन। पार्टीमा अनुसान नभएसम्म पार्टी चल्न सक्दैन।’

गाउँगाउँको सिंहदरबार अवदेखि सिंगापुरबाट: निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले सिंहदरवार गाउँगाउँमा पुर्‍याउन नसकेको भन्दै आलोचना गरे। ‘वर्तमान सरकारले संघीयता अपांग, कमजोर बनाउने काममा लागि परेको छ।’ उनले भने,‘प्रदेशलाई अधिकार दिएको छैन। सबै केन्द्रबाट सञ्चालन गर्न खोजिरहेको छ,’ फेरि थपे, ‘लोकतान्त्रिक प्रणाली अनुसार चल्नुपर्ने सिंहदरवार हैन। अब सिंगापुरबाट सुरु भएको छ। कार्यसम्पादन नियमावली संशोधन गरेर मन्त्रीपरिषद्को बैठकको अध्यक्षता अव सिंगापुरबाट हुने भएको छ।’ 

पार्टी एक नभएसम्म विश्राम लिन्नः महामन्त्री कोइराला

पार्टीको महामन्त्री डा शशांक कोइरालाले अहिले पार्टी गुट उपगुटमा चलिरहेको भन्दै एक ठाउँमा उभिएर मात्रै मुकाविला गर्ने बताए। पार्टी एक नभएसम्म आफुले विश्राम नलिने पनि बताए।

‘एक ठाउँमा उभिएर मात्रै मुकाविला गर्नुपर्छ। पार्टी एक नभए सम्म विश्राम लिदैँन,’ उनले भने, ‘पार्टी एक बनाउन ध्यान दिनुपर्छ। गुट उपगुट ठीक केन्द्रमा नहुने आफुबाटै ठिक पार्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell