PahiloPost

Dec 21, 2024 | ६ पुष २०८१

पत्रकारलाई जरिवाना गर्ने व्यवस्था हटाउन कांग्रेसको माग, मिडिया काउन्सिल विधेयकमा यस्ता छन् २९ बुँदे संशोधन



पहिलोपोस्ट

पत्रकारलाई जरिवाना गर्ने व्यवस्था हटाउन कांग्रेसको माग, मिडिया काउन्सिल विधेयकमा यस्ता छन् २९ बुँदे संशोधन

काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयकमा २९ बुँदे संशोधन दर्ता गरेको छ। प्रस्तावित विधेयकका जरिवाना तथा आचारसंहिता उल्लङ्घनमा अन्य कानुन अनुसार हुने कारबाहीको व्यवस्था हटाउन कांग्रेसले माग छ। 

प्रस्तावित विधेयकमा पत्रकारलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ। यस्तै आचारसंहिता उल्लङ्घनमा अन्य कानुन अनुसार कारबाह गर्न सक्ने व्यवस्था  पनि विधेयकमा छ। दुबै व्यवस्था हटाउन कांग्रेसले माग गरेको छ। 

यस्तै, काउन्सिल अध्यक्षको योग्यता, सिफारिस समिति गठनको प्रक्रिया फेर्न पनि संशोधनमा माग गरिएको छ।

कांग्रेस सांसद्हरु सुरेन्द्रराज पाण्डे, राधेश्याम अधिकारी, सरिता प्रसाईँ, जीतेन्द्र नारायण देव, धनकुमारी खतिवडा, अनिता देवकोटा र प्रकाश पन्थले संशोधन दर्ता गरेका हुन्। विधेयकको प्रस्तावनादेखि सबै मुख्य दफाहरुमा संशोधन दर्ता गरिएको छ। विधेयकमा संशोधन दर्ताको समय सोमबार १२ः३० बजेसम्म छ।

यस्ता छन् संशोधन-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell