PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

ओलम्पिक कमिटीको चुनाव रोक्न सर्वोच्चको अन्तरिम आदेश



पहिलोपोस्ट

ओलम्पिक कमिटीको चुनाव रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ : सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको कार्यसमिति चुनाव रोक्न अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले आज आदेश जारी गर्दै भदौ २० गते तय गरिएको कमिटीको कार्यसमिति चुनाव रोक्न भनेको हो। कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको ओलम्पिक कमिटीको चुनाव रोक्न माग गर्दै दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।

आदेशमा भनिएको छ, ‘रिट निवेदनको गाम्भिर्यता हेर्दा दुवै पक्ष राखेर छलफल गरी उचित निश्कर्षमा पुग्नु जरुरी भएकाले भदौ २२ गतेको पेशी तोकिएको छ।’

सर्वोच्चको आदेशसँगै २० गतेका लागि तोकिएको कमिटीको चुनाव अनिश्चित बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell