PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

जस्टिन बिबरलाई किन आयो आत्महत्या गर्ने सोच?



पहिलोपोस्ट

जस्टिन बिबरलाई किन आयो आत्महत्या गर्ने सोच?
फोटो: जस्टिन बिबरको इन्स्टाग्राम

क्यानेडियन पप गायक जस्टिन बिबर सानै उमेरदेखि नै आफ्नो गायनका कारण संसारभरि चिनिए। जस्टिनले सानै उमेरमा पाएको स्टारडमले उनको जीवनमा निम्त्याएका भयानक परिणामहरुका बारेमा इन्स्टाग्राममा लेखेका छन्।

कुनै समयमा आफूलाई आत्महत्या गर्ने सोच पनि आएको कुरा उनले उक्त इन्स्टाग्राम पोस्टमा उल्लेख गरेका छन्। सानै उमेरमा पाएको स्टारडमले उनले कसरी जीवनमा गलत फैसला गरे र त्यसले कसरी उनलाई संसारमै घृणित व्यक्ति बनायो भन्नेबारे उनले चर्चा गरेका छन्। त्यसकारण कहिलेकाहिँ उनलाई आफ्नै जीवन नाश गर्ने सोच पनि आएको जस्टिनले लेखेका छन्।

उनको इन्स्टाग्राम पोस्ट भएको लामो नोटमा उनले लेखेका छन्, 'कहिलेकाहिँ जीवनमा यस्तो क्षण पनि आउँछ, जतिबेला बाँच्ने इच्छा नै हुँदैन।'

१३ वर्षको उमेरदेखि नै गाउन थालेका जस्टिनले भने, 'मेरा सबै कामहरु अरुले नै गरिदिने भएकाले मैले जीवनमा आधारभूत जिम्मेवारीहरुको बारेमा समेत जान्ने मौका पाइनँ।'

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Hope you find time to read this it’s from my heart

A post shared by Justin Bieber (@justinbieber) on

सन् २०१३ मा जब उनी १९ वर्षका थिए, उनले आफ्नो घरपालुवा बाँदरलाई जर्मनी लैजाने कोसिस गरेका थिए। जर्मनीको अध्यागमनले उक्त बाँदरलाई क्वारेन्टाइनमा राखेको थियो। तर पछि जस्टिन आफ्नो बाँदर लिन गएनन् र बाँदरलाई चिडियाघरमा राखियो।

सोही वर्ष जस्टिनविरुद्ध उनका छिमेकीले बाटोमा तीव्र गतिमा फरारी कार चलाएको भन्दै मुद्दा दायर गरेका थिए। तर जस्टिनले त्यसलाई अस्वीकार गरे। छिमेकीको घरमा अण्डा फ्याँकेपछि उनी कानुनी झमेलामा परेका थिए। एक रेस्टुरेन्टमा बिल क्लिन्टनलाई अपशब्द बोल्दै पिसाब गरेको उनको एउटा भिडियो पनि भाइरल बनेको थियो। तर पछि उनले क्लिन्टनसँग व्यक्तिगत रुपमा माफी मागेको कुरा बाहिर आएको थियो।

इन्स्टाग्राम पोस्टमा उनले १९ वर्षकै उमेर आफूले अत्यधिक लागुपदार्थ सेवन गरी सबै आफन्त र साथीभाइहरुलाई दुर्व्यवहार गरेको खुलाएका छन्।

उनले लेखेका छन्, 'मैले मेरो जीवनमा आएका महिलाहरुलाई दुर्व्यवहार, अपमान गरेँ र उनीहरुसँग रिसाएँ। मलाई माया गर्नेहरु सबैसँग म टाढिएँ र म आफ्नै कारागारको कैदी भएको थिएँ।'

२५ वर्षीय जस्टिनले साथीहरुको साथ, इसाई विश्वास र वैवाहिक जीवनले आफूलाई परिवर्तन गराएको बताए। उनी २०१८ मा मोडल हेली बाल्डविनसँग वैवाहिक जीवनमा बाँधिएका थिए। विवाहले आफूलाई धैर्य, विश्वास, दया जस्ता कुरा सिकाएको उनले बताए।

२०१७ मा उनले पछिल्ला १७ कन्सर्टहरु रद्द गर्दै म्युजिकबाट ब्रेक लिएको घोषणा गरेका थिए। उनले पछिल्लो समय बेलायती गायक एड सिरनसँग 'आई डन्ट केयर' गीत गाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell