PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

पंजावको एक पटका कारखानामा विस्फोट हुँदा १८ जनाको मृत्यु, ५० बेपत्ता



पहिलोपोस्ट

पंजावको एक पटका कारखानामा विस्फोट हुँदा १८ जनाको मृत्यु, ५० बेपत्ता
फोटो : Business Today ।

नयाँ दिल्ली : भारतको पंजाव राज्यमा रहेको एउटा गैरकानुनी पटका कारखानामा विस्फोट हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ

५० जना मानिसहरु अझै हराइरहेको हुनाले मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। विस्फोटनका बेला कारखानामै रहेका ५० जना मानिसहरु पुरिएको हुन सक्ने अनुमान गरिएको छ।

देशको उत्तरी राज्य पंजावको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा रहेको एउटा पटाका कारखानामा आगलागी भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका हुन्।

दुर्घटनामा घाइते भएका १४ जनामध्ये ४ जनालाई अमृतसार सरकारी अस्पताल रिफर गरिएको त्यहाँका एक सरकारी अधिकारीले जानकारी दिए। सो विस्फोट बेलुका ४ वजेतिर भएको इन्स्पेक्टर जेनेरल एसपीएस पार्मरले बताए। विस्फोटका कारण कारखाना वरपरका केही घर तथा पार्किङ गरी राखिएका कारहरुमा समेत क्षति पुगेको उनले बताए।

घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयम्सेवक, स्थानीय बासिन्दालगायतले आगो निभाउने प्रयास गरेका थिए। घटनाका बारेमा पर्याप्त विवरण आउन भने बाँकी नै रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell