PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

विश्वकप फुटबल छनोटः नेपालले आज कुवेतको सामना गर्दै



पहिलोपोस्ट

विश्वकप फुटबल छनोटः नेपालले आज कुवेतको सामना गर्दै

विश्वकप तथा एसिया कप छनोट अन्तर्गतको दोस्रो चरणको क्वालिफायर्समा नेपालले आज कुवेतको सामना गर्दैछ। आइतबार कुबेत पुगेको नेपाली टिमले घरेलु टिमसँग आज राति १०ः४५ बजे जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा प्रतिस्पर्धा गर्ने छ।

सन् १९८२ विश्वकपमा समेत सहभागी भइसकेको फुटबलमा अनुभवी कुवेतसँग उसैको मैदानमा नेपालले प्रतिस्पर्धा गर्नेछ। त्यसबाहेक  कुवेतले सन १९८० को एसिया कप उपाधि पनि उचालेको थियो।

अहिले १५६ औं स्थानमा रहेको कुवेत कुनै समय २४ औं वरीयतामा थियो त कहिले १८९ औं स्थानमा। पटकपटक राजनीतिक हस्तक्षेप र प्रतिबन्धले थलिएको कुवेतको फुटबल अहिले भने सुधारिएको अवस्थामा छ। 

पछिल्लो समय मलेसियन लिग च्याम्पियन टिम जोहोर डारुलसँग अभ्यास खेल खेलेर आएको नेपाल पनि आत्मविश्वासी छ। स्वीडिस प्रशिक्षक जोहान कालिनले प्रशिक्षणमा रहेको नेपाली टोली सुधारिएको प्रदर्शन गर्नेमा आशावादी छन। विश्वकप छनोटमा सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्न लागेको नेपालको समूहमा अष्ट्रेलिया, कुवेत, जोर्डन र चाईनिज ताईपेइ रहेका छन्। नेपाल प्रतियोगिताको समूह बी मा छ।

नेपालले अहिलेसम्म कुवेतसँगको कुनै पनि फुटबल प्रतियोगितामा जित निकाल्न सकेको छैन। 

फुटबलमा भन्न सकिन्नः मिलन हाडा

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी तथा राष्ट्रिय खेलकुद परिषदका मुख्य फुटबल प्रशिक्षक मिलन हाडा कुवेत नेपालभन्दा राम्रो स्तरको टिम भएकाले होस गरेर खेल्नुपर्ने बताउँछन्।

 ‘कुवेतसँग टिक्न सक्नु पर्‍यो, बल होल्ड गर्न सक्नु पर्छ।’ हाडाले पहिलोपोस्टसँग भने ‘त्यसै पनि गर्मी ठाउँमा खेल्न गारो हुन्छ, त्यसमा पनि कुवेतको होम ग्राउण्ड भएकाले अझ दबाब हुनसक्छ।’

कुवेत विश्वकपमा पनि सहभागी भइसकेको अनुभवी टिम भएको उनी बताउँछन्। त्यसैले पनि यसलाई अनुभव बटुल्ने मौकाका रुपमा उनी अर्थ्याउँछन्। यसअघि मलेसियाको लिग च्याम्पियन टिम जोहोर डारुलसँगको खेल र कुवेतसँगको खेलमा फरक हुने हाडाको ठहर छ।

‘राष्ट्रिय टिमबीचको प्रतिस्पर्धामा जित्नुपर्ने दबाब दुवैतर्फ हुन्छ।’ उनले भने।

यद्यपि नेपाली टिमको अर्गनाइजेसन राम्रो भएको उनले बताए। यो खेल नेपालको कन्फिडेन्स बिल्डअपका लागि महत्वपूर्ण हुने उनले बताए।

नेपाली टिम

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डरः सरोज दाहाल, अजित भण्डारी, दिपेश राजबंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डरः सुनिल बल, रवि पासवान, अन्जन विस्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द

फरवार्डः विमल घर्तीमगर, अविषेक रिजाल, नवयुग श्रेष्ठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell