PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वीरगंजमा डेंगुको प्रकोप उच्च, २३ जनाको उपचार हुँदै



पहिलोपोस्ट

वीरगंजमा डेंगुको प्रकोप उच्च, २३ जनाको उपचार हुँदै

वीरगंजः एक महिनाअघि सुनसरीको धरानबाट सुरु भएको डेंगुको प्रभाव पर्सा, बारामा पनि देखिएको छ। दुई साताभित्र वीरगंजका विभिन्न अस्पतालमा करिब दुई दर्जनलाई डेंगु रोग फेला परेको हो। केहीको अस्पतालमै उपचार भइरहेको चिकित्सकहरुले बताएका छन्।

नेपाल चिकित्सक संघ नारायणी वीरगंजका महासचिव तथा नारायणी अस्पतलाका डा. उदयनारायण सिंहका अनुसार वीरगंजमा हालसम्म बारा र पर्साका २३ जनामा यो रोग भेटिएको छ।

हालसम्म कसैको मृत्यु नभएको तर रोगको संकक्रमण अन्य भेगमा समेत रहेको उनले बताए।

वीरगंजको एड्भान्स हस्पिटलमा ४, नारायणीमा ५, वीरगंज हेल्थ केयरमा ४ र मेडिकल कलेजमा ५ तथा अन्य अस्पतालमा गरी २३ जना संक्रमित फेला परेका हुन्। एड्भान्समा हाल पनि २ जनाको उपचार भइरहेको छ।

सफा पानीमा बसेर फुल पार्ने मच्छरले विशेष गरी दिनको समयमा टोक्ने गर्छ। यो रोग लागेपछि कडा ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने लगायतका लक्षण देखा पर्ने चिकित्सकले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell