PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै



पहिलोपोस्ट

प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
फाइल फोटो

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी शुक्रबार स्वदेश फर्कंदैछन्। प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिए।

मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उनी भदौ ५ गते त्यसतर्फ गएका थिए। उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो। उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गरेका थिए।

प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न सिङ्गापुर पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि उनीसँगै स्वदेश फर्कंदैछन्।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी छन्। प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा दिव्यासिंह शाह भने फर्किसकेका छन्। यसअघि पनि उनले सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरी साउन २७ गते स्वदेश फर्किएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell