काठमाडौँ : भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ७० किलोमिटर लामो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। नेपाल र भारत दुवै देशका प्रधानमन्त्री भिडियो कन्फरेन्समार्फत् एकैसाथ स्विच थिचेर पाइप लाइनको औपचारिक रुपमा उद्घाटन गरेका छन्।
भारतीय जनता पार्टीले मोदी र प्रधानमन्त्री ओलीले स्विच थिचेको फोटो ट्विट गर्दै यसको जानकारी गराएको छ।
PM @narendramodi jointly inaugurates the Motihari-Amlekhganj (Nepal) petroleum product pipeline with Nepal Prime Minister KP Sharma Oli via video conferencing. pic.twitter.com/tjUcKqS44B
— BJP (@BJP4India) September 10, 2019
अबदेखि मोतिहारीबाट पाइपलाइन हुँदै तेल नेपालको अमलेखगन्ज आउनेछ।
लामो समयपछि कुनै पनि परियोजना समयभन्दा अघि नै सकिएको हो। ३० महिनामा सक्ने लक्ष्य राखिएको परियोजना करिब डेढ वर्षमा नै सकिएको हो।
यह बहुत संतोष का विषय है कि दक्षिण एशिया की यह पहली क्रॉस-बॉर्डर पेट्रोलियम पाइपलाइन रिकॉर्ड समय में पूरी हुई है। जितनी अपेक्षा थी, उससे आधे समय में यह बन कर तैयार हुई है। इसका श्रेय आपके नेतृत्व को, नेपाल सरकार के सहयोग को और हमारे संयुक्त प्रयासों को जाता है।:PM
— PMO India (@PMOIndia) September 10, 2019
भारतीय प्रधानमन्त्री मोदीले ट्विट गर्दै दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन समयमै पूरा भएको जनाएका छन्। उनले आफ्नो सरकार र नेपाल सरकार दुवैलाई यसको श्रेय दिएका छन्।
२०७४ चैतमा दुवै देशका प्रधानमन्त्रीले दिल्लीमा स्विच थिचेर परियोजनाको शिलान्यास गरेका थिए।
यसअघि साउन पहिलो साता पाइपलाइनको परीक्षण गरिएको थियो। नेपालतर्फ भने पाइपलाइन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ।
पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात भएपछि ढुवानीमा खर्च हुँदै आएको ठूलो रकम जोगिनेछ।