PahiloPost

May 15, 2024 | २ जेठ २०८१

तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ



पहिलोपोस्ट

तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ
फोटो : रासस ।

काठमाडौं : नेपालको तीन दिने औपचारिक भ्रमण सकेर चीनका विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन्। आइतबार साँझ नेपाल आइपुगेका विदेशमन्त्री वाङ आज स्वदेश फर्किएका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले बिदाइ गरे।

नेपाल बसाइका क्रममा सोमबार दुई देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो। त्यस्तै तीन वटा सम्झौता पत्रमा पनि हस्ताक्षर पनि भएको थियो।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आएका विदेशमन्त्री वाङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए।

त्यस्तै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज विहान भेट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell