PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

फिल्म 'छिछोरे'को बक्स अफिसमा आक्रामक व्यापार



पहिलोपोस्ट

फिल्म 'छिछोरे'को बक्स अफिसमा आक्रामक व्यापार

बलिउड अभिनेत्री श्रद्धा कपूर र सुशान्त सिंह राजपुत स्टारर फिल्म 'छिछोरे' ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ। छिछोरेले मंगलबारसम्म भारु ५४ करोड १३ लाखको ग्रस कलेक्सन गरेको छ

गत शुक्रबारदेखि प्रदर्शनमा आएको यस फिल्मले सुरुको दिनमा भारु ७ करोड ३२ लाख कमाइ गर्दै सुखद ‌ओपनिङ गरेको थियो। फिल्मले दोस्रो दिन शनिबार भारु १२ करोड २५ लाख, आइतबार १६ करोड ४१ लाख, सोमबार ८ करोड १० लाख र मंगलबार १० करोड ५ लाख गरि हालसम्म ५४ करोड १३ लाखको कमाइ गरिसकेको छ।

छिछोरेमा श्रद्धा कपूर र सुशान्त सिंह राजतपुतसँगै वरुण शर्मा, तहिर राज भासिनलगायतका कलाकारले अभिनय गरेका छन्। 

नितेश तिवारी निर्देशित यस फिल्ममा साजिद नाडावालाले लगानी गरेका छन्। कलेज लाईफमा आधारित श्रद्धा र सुशान्तको 'छिछोरे'लाई युवा युवतीहरुले निकै रुचाइ रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell