PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कफी पोखिएपछि ३ सय २६ जनालाई लिएर उडेको विमानलाई फोर्स ल्यान्डिङ



पहिलोपोस्ट

कफी पोखिएपछि ३ सय २६ जनालाई लिएर उडेको विमानलाई फोर्स ल्यान्डिङ
प्रतीकात्मक फोटो

लन्डन : ककपिटमा तात्तातो कफी पोखिएपछि ३ सय २६ जनालाई लिएर उडेको विमानलाई आपतकालीन अवतरण गराउन परेको छ। एटलान्टिक सागरमाथि रहेको विमानको ककपिटमा कफी पोखिएपछि विमानलाई अवतरण गराउन परेको हो।

फ्रैंकफोर्डबाट मेक्सिकोको क्यानकनका लागि उडेको एयर बस ए ३३०-२४३ फ्लाइटलाई आयरल्यान्डको सानोनमा अवतरण गराउन परेको हो।

ककपिटमा कफी पोखिएपछि विमानमा तार जलेको गन्ध आएको थियो। गन्ध र धुँवासमेत अनुभव गरेपछि पाइलटले विमानलाई अवतरण गर्ने निर्णय गरेका थिए। एअर एक्सिडेन्ट इन्भेस्टिगेसन ब्रान्चका अनुसार पाइलटले कप होल्डरमा नराखी बाहिर राख्दा पोखिन पुगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell